भानु नगर स्तरीय खेलकुद प्रतियोगितामा वडा नं. ३ र ७ च्याम्पियन

भानु : भानु नगरस्तरीय खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो मेयर–उपमेयर कप खेलकुद प्रतियोगितामा वडा नं. ३ र ७ च्याम्पियन बनेका छन् । प्रतियोगिताका फुटबलतर्फ १३ तथा भलिबलतर्फ ११ वडाको सहभागिता रहेको थियो । फुटबलतर्फ वडा नं. ३ ले उपाधि जित्दै वडा नं. २ लाई उपविजेतामा सीमित बनायो ।
प्रतियोगितामा विशाल नेपाली (भानु–२) सर्वोत्कृष्ट खेलाडी घोषित भए भने सुजन बस्नेत (भानु–१) सर्वाधिक गोलकर्ता र सरोज तामाङ (भानु–३) उत्कृष्ट गोलकिपर घोषित भए। भलिबलतर्फ वडा नं. ७ विजेता र वडा नं. ८ उपविजेता बने। विजेता टोलीका सागर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी तथा किस्मत श्रेष्ठ उत्कृष्ट स्पाइकर घोषित भए । पुरस्कारतर्फ फुटबल विजेताले करसहित ९४ हजार रुपैयाँ, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले ५४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। भलिबल विजेताले करसहित २७ हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
साथै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट स्पाइकरलाई जनही करसहित ४ हजार १०० रुपैयाँ नगद र ट्रफीसहित सम्मान गरिएको आयोजकले जनाएको छ। पुरस्कार रकममा २५ प्रतिशत कर समावेश गरिएको छ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker