मापदण्ड विपरित सदस्य थपिएकोप्रति प्रेस चौतारी तनहुँको ध्यानाकर्षण

दमौली । नेपाल पत्रकार महासंघको सदस्य मापदण्ड विपरित थपिएकोप्रति प्रेस चौतारी नेपाल तनहुँले आपत्ति जनाउँदै ध्यानकर्षण भएको जनाएको छ ।

चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै मापदण्ड विपरित थपिएका नाम नहटाउँदासम्म नेपाल पत्रकार महासंघ तनहुँको निर्वाचन प्रकृया अगाडी नबढ्ने चेतावनी दिएका छन् । उनले जिल्लाबाट सर्वसम्मत रुपमा निर्णय गरी सिफारिस भएका सदस्यतालाई सिफारिस गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघको निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिले यहि असोज १२ गते निर्वाचन गर्ने गरी २०८१ भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावली प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘नेपाल पत्रकार महासंघको विधान अनुसार सदस्यता वितरण र नविकरण जिल्ला शाखाको सिफारिस अनुसार प्रदेशले अनुमोदन गरी केन्द्रले अभिलेखिकरण गर्नुपर्ने व्यवस्था रहेको सबैमा सर्वविदितै छ । तर सो व्यवस्था विपरित र निर्वाचनका लागि गठन भएको निर्वाचन समितिले नामावली प्रकाशन, नामाबली उपर दाबी उजुरी समेत लिईसकेको अवस्थामा निर्वाचन निर्देशिका र कार्यविधि विपरित मात्र होइन निर्वाचनको सामान्य सिद्धान्त, मूल्य मान्यता र विधि पद्धती विपरित रहेको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो सार्वजनिक सदस्यता नामावलीमा थप भएका सदस्यहरुको नामावली हेर्दा जिल्लाबाट सर्वसम्मत निर्णय गरी पठाइएकाहरुलाई समेत हटाएर सिफारिसनै नगरिएका व्यक्तिको सदस्यता कायम गरी पठाइएको प्रति हाम्रो गम्भिर आपत्ति र ध्यानाकर्षण भएको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठद्वारा जारी विज्ञप्तिमा यो कार्य महासंघ केन्द्र आफैले जारी गरेको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ को विपरित रहेकोमा दुईमत छैन । यसरी जिल्ला शाखाको निर्णयलाई पूरै बाईपास गरेर केन्द्रबाट विधान र शुद्धिकरण मापदण्ड विपरित पटक–पटक थपिएका नाम नहटाएसम्म निर्वाचन कार्यक्रम जिल्लामा बढाउन नसकिने उल्लेख गरिएको छ ।

यस्तै, यही परिस्थितीमा निर्वाचनको कार्यक्रम अघि बढाउन खोजे उत्पन्न हुने परिस्थितीको जिम्मेवार महासंघ केन्द्र र निर्वाचन समिति नै हुने भनिएको छ । विज्ञपितमा यो कठिन परिस्थितिमा जिल्लाबाट सर्वसम्मत निर्णय गरी सिफारिस गरिएका सदस्यहरुको नाम समावेश गर्न हाम्रा माग रहेको भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker