डुम्रेमा मेन्स डबल सी डी लेभल व्याडमिन्टन प्रतियोगिता, खैरेनीटारको समूह प्रथम

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे सांस्कृतिक युवा परिवारले मेन्स डबल सी डी लेभल व्याडमिन्टन प्रतियोगिता गरेको छ । उक्त प्रतियोगितामा खैरेनीटारका अमृत श्रेष्ठ र सफल भुजेलको समूहले पहिलो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा दमौलीका विश्वास वि.क. र पोर्ट बहादुर सारुको समूहले दोस्रो स्थान हासिल गरेको छ भने, तृतीय स्थानमा राजु गुरुङ र नितेश थापा तथा सागर थापा र कमल श्रेष्ठका दुई समूह रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने समूहलाई रु २० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई रु २ हजारका साथमा मेडल र प्रमाणपत्रद्वार पुरस्कृत गरिएको छ ।
डुम्रे सांस्कृतिक युवा परिवारका अध्यक्ष विक्की गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विजेताहरुलाई बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, वडा नं १ का वडाध्यक्ष शिव कुमार श्रेष्ठ, वडा नम्बर ४ का वडा सदस्य भीमबहादुर घलेले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगितामा तनहुँ जिल्लाबाट ३१ समूहले सहभागिता जनाएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker