खसीबोका बेच्न आएका कृषक

दसैं पर्वका लागि तनहुँको सदरमुकाम दमौली बजारमा खसीबोका बेच्न आएका ऋषिङ गाउँपालिकाका बाख्रा पालक कृषकहरु । गाउँमा खसीबोका खरिदका लागि व्यापारीहरु नगएका र गाउँपालिकाले पनि उत्पादित खसीबोका बिक्रीवितरणको व्यवस्था नमिलाएपछि कृषक आफै दमौली बजारमा खसीबोका बिक्री गर्न आएका हुन् ।

दमौलीमा यस जिउँदो खसीबोको प्रतिकिलो वर्ष पाँच सयदेखि छ सय रुपैयाँसम्मा खरिदबिक्री भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










