२५० रुपैयाँ जरिवाना भुक्तान नगरी फरार दरै ९ वर्षपछि पक्राउ

जालसाजी सम्बन्धी मुद्दामा अदालतको फैसालामा दोषी ठहरिएका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको आदेश अनुसार २५० रुपैयाँ जरिवाना भुक्तान नगरी फारर रहेका व्यास नगरपालिका–१० फराकचौरका ५४ वर्षीय टिका बहादुर दरैलाई पक्राउ गरेको हो ।
२०७२ सालको माघ ३० गतेको अदालतको फैसालामा दोषी ठहरिएका दरै अदालतको आदेश भुक्तान नगरी लामो समयदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार दरैलाई उनको घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर गिरफ्तार गरिएको हो । पक्राउ परेपछि उनलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेश अनुसार २५० रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्ने भएको छ ।










