डुम्रे बजार

तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजार पृथ्वीराजमार्गसंगै रहेको यो बजार क्षेत्रमा अहिले छ लेनको सडक विस्तारको काम भइरहेको छ । सडक सिमाभित्र रहेका संरचनाहरु केही स्थानीयले नहटाउँदा सडकलाई छ लेनमा विस्तार गर्ने कार्य विलम्ब हुँदै आएको छ । केही व्यक्तिका कारण समयमै बजार क्षेत्रमा सडक विस्तार कार्य अगाडि नबढ्दा सर्वसाधारणले सास्ति झेल्दै आउनुपरेको छ । तस्विर : भूमिका आले मगर/भञ्ज्याङ










