तनहुँको डुम्रे बजारका सिसि क्यामेरा मर्मत गरियो, ११ ओटा सञ्चालनमा
- भञ्ज्याङ समाचारदाता (डुम्रे)
तनहुँको डुम्रे बजारमा राखिएको १५ ओटा सिसि क्यामेरा मध्ये ११ ओटा संचालनमा आएका छन्। विभिन्न सञ्चार माध्यममा सिसि क्यामेरा बिग्रिएको समाचार प्रकाशन/प्रशारण भए लगत्तै डुम्रे बजार क्षेत्रका सिसि क्यामेरा मर्मत गरिएको थियो ।
तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाइ सभापति नेक महम्मद मियाँको अग्रशरतामा क्यामेर मर्मत गरिएको थियो । मियाँका अनुसार बिगत ४ महिना अघि बिग्रिएको सिसि क्यामेरा समाचार प्रकाशन भए पछि भोलिपल्टै मर्मत गर्न सफल भएको र अन्य ४ वटा पनि तत्काल मर्मत गरिने उनले बताए ।
यस्तै, तनहुँको आँवुखैरेनीमा बालकलाई ठक्कर दिएर भाग्ने मोटर साइकल सिसि क्यामेराको सहयोगमा पक्राउ गरिएको छ । डुम्रे बजारको सिसि क्यामेरा मर्मत गरिएकै भोलीपल्ट आँबुखैरेनीमा बालकलाई ठक्कर दिएर भाग्ने मोटरर्साईक लमजुङ दोर्दीका चालकलाई पक्रन सफल भएको इलाका प्रहरी भानु मुकाम डुम्रेका प्रहरी नायब निरीक्षक दिनेश पौडेल बताए ।

‘आँबुखैरेनीमा राखिएको सिसि क्मेरामा मोटरसाइकल नम्बर स्पष्ट नखुलेकाले डुम्रेमा हेर्न लगाउँदा बालक ठक्कर दिई भाग्नेलाई पक्रन सफल भयौं’, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बिकास थापाले भने, ‘आफ्नो घरवरपर अनुमति लिएर सिसि क्यामेरा राख्न सके अपराधिक घटनामा कमि ल्याउन सकिन्छ ।’
जिल्ला ट्राफिक कार्यालयका प्रमुख रेशम रानाभाटले चाडबाडका बेला बजारमा भिड बढ्न सक्ने हुँदा र घटना दुर्घटना र अपराधिक क्रियाकलाप हुन सक्ने हुँदा सबै सुरक्षाका बिधिहरु अपनाउन सबैमा अनुरोध गरेका छन् ।











