मूर्त र अमूर्त संस्कृति जगेर्नाका लागि दमौलीमा साँस्कृतिक महोत्सव

दमौली : विभिन्न जातजाति र समुदायको मूर्त र अमूर्त संस्कृति जगेर्ना गर्नका लागि तनहुँको व्यास नगरपालिकाले दोश्रो सांस्कृतिक महोत्सव गर्ने भएको छ । नगरको व्यास नगर प्रज्ञा प्रतिष्ठानले नगरपालिका भित्र बसोबास गर्ने विभिन्न समुदायको कला, संस्कार, संस्कृति तथा पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको हो ।
व्यास नगरपालिकाको संरक्षकत्वमा प्रतिष्ठानले फागुन ७, ८ र ९ दोश्रो सांस्कृतिक महोत्सव गर्ने तयारी गरेको छ । नगरपालिकाभित्रका सम्पूर्ण जातजातिहरुको मौलिक भाषा, साहित्य, संस्कृतिहरुको जगेर्ना, उत्थान र सम्वर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको नगर प्रमुख एवं प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘अधिकांश जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, कला लोपोन्मुख अवस्था पुगेको र यसको संरक्षण गर्ने दायित्व नगरपालिकाका हो ।’
नगरपालिकाभित्रका अधिकांश समुदायका कला, संस्कार, संस्कृति, इतिहास, पुरातात्विक क्षेत्र लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा प्रोत्साहन गर्न यस्ता मेला महोत्सव महत्वपूर्ण माध्यम बन्न सक्ने नगरप्रमुख न्यौपानले विश्वास व्यक्त गरेका छन् ।
‘सांस्कृतिक महोत्सवले जातीय विभेद न्यूनिकरणमा सहयोग पुग्ने नगर उपप्रमुख एवं सहकुलपति इन्दिरा दरैले बताइन् । उनले भनिन्, ‘संरक्षण गर्नुपर्ने समुदायका भाषा, कला, संस्कार र संस्कृतिको पहिचान पनि महोत्सवमार्फत गर्न सकिन्छ, जसले नगरपालिकालाई पनि सहज हुन्छ ।’
यस्तै, विभिन्न जातजातिका संस्कार, संस्कृति, धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षणलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको सांस्कृतिक महोत्सवको तयारीलाई तीब्र पारिएको नगरका कला तथा संस्कृति विभाग संयोजक देवीबहादुर बस्न्यातले बताए ।
उनले भने, ‘नगरपालिका भित्रका ऐतिहासिक, पौराणिक, पुरातात्विक, पर्यटकीय क्षेत्रका साथै विभिन्न समुदायका कला, संस्कार, संस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले महोत्सव मार्फत संरक्षण अभियान अगाडि ल्याइएको हो ।’
महोत्सव सफल बनाउन ११ वटा उपसमिति गठन गरिएको छ। व्यास नगरपालिका क्षेत्रमा विभिन्न २७ जातजाति र समुदायको बसोबास भएको पाइन्छ । यी समुदायको मौलिक सांस्कृतिक नृत्य, संस्कृति झल्कने प्रस्तुति महोत्सवमा प्रस्तुत गरिने उपकुलपति काशीनाथ न्यौपानेले बताए । उनले भने, ‘संस्कृति भनेको हाम्रो पहिचान हो र यसकोे सम्वर्द्धन, जर्गेना  गर्नु हामी सबैको दायित्व हो ।’
महोत्सवमा मौलिकता प्रस्तुत गर्ने सबै जातीय समाज र समूहलाई १० हजार रुपैयाँको दरले सहयोग प्रदान गर्ने उनले बताए । उनले भने, ‘झाँकीमा सहभागी समाजमध्ये प्रथम, द्धितीय र तृतीयलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाू नगद पुरस्कार प्रदान गरिने छ ।’
३० देखि ५० जनाको समूहमा झाँकी प्रस्तुत गरिनुपर्ने आयोजकले बताएको छ । महोत्सवमा बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउँदुरे, शंख ध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला, ललितकला लगायतको प्रदर्शनी गरिने बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker