रेडियो दिवसमा परोपकार ज्येष्ठ नागरिक आश्रममा रेडियो वितरण

दमौली : विश्व रेडियो दिवसका अवसरमा दमौलीस्थित परोपकार ज्येष्ठ नागरिक आश्रममा रेडियो वितरण गरिएको छ । रेडियोको महत्व र सान्दर्भिकता अझैपनि उत्तिकै रहेको भन्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) गण्डकी प्रदेशले बिहीबार व्यास नगरपालिका–५ को उक्त आश्रमलाई रेडियो वितरण गरेको हो ।
सूचना र प्रविधिको विकाससँगै रेडियोको प्रभाव घटेको जस्तो देखिएपनि सहज रुपमा सूचना र समाचारको भरपर्दो स्रोतको रुपमा रेडियो रहेको समुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य नवीनराज पौडेलले बताए । उनले रेडियो सूचना र समाचारको भरपर्दो र सशक्त माध्यम रहेको बताए ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य प्रदीप काफ्लेले रेडियोमा समय सापेक्ष विषयवस्तुलाई समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सो अवसरमा प्रसारक संघले आश्रमलाई दुई वटा रेडियो वितरण गरेको छ । संघका गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्यले आश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहज रुपमा सूचनाको पहुँचमा ल्याउन रेडियो वितरण गरिएको बताए ।
आश्रमका अध्यक्ष तारानाथ घिमिरेले सहयोगी दाताको सहयोगमा आश्रम सञ्चालन भइरहेको जानकारी गराउँदै रेडियोका माध्यमबाट यहाँका वृद्धवृद्धाले नयाँ नयाँ कुरा सिक्ने अवसर पाउने बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker