आरनमा हाँसिया बनाउँदै

लमजुङको मध्यनेपाल नगरपालिका–६ भदौरेका भिमबहादुर विश्वकर्मा आरनमा हँसिया बनाउँदै । कोइरालको प्रयोग गरी फलामबाट हँसिया, हथौडा, खुकुरी, कुटो, कोदालोलगायत घरेलु तथा कृषि औजारहरु निर्माण गरी दैनिकी चलाउँदै आएको विश्वकर्मा बताउँछन् । पछिल्लोसमय आधुनिक प्रविधिबाट बनेका घरेलु तथा कृषि औजारहरुको प्रयोग बढ्दै जानु तथा युवापुस्ता आकर्षित नहुँदा आरन व्यवसाय संकटमा पर्दै गएको छ । तस्बिर : देवेन्द्र गुरुङ/रासस










