होमस्टेमा पाहुनाको स्वागत

तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङ सामुदायिक होमस्टेमा बुधबार आएका पाहुनाका लागि स्वागत गर्ने तयारीमा होमस्टे सञ्चालकहरु । मिछुर्लुङको २५ घरमा घरबास (होमस्टे) कार्यक्रम सञ्चालन गरिएको र एक रातमा करिब ५० जना पाहुना राख्ने क्षमता रहेको यस होमस्टेमा प्याकेटमा एक जना व्यक्तिले एक रात बसेको, साँझको खाना अनि बिहानको नास्ता सहित १ हजार २०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
होमस्टेमा स्थानीय खानाका परिकारका साथै पाहुनाको इच्छा अनुसारको खानेकुराको व्यवस्थापन पनि गर्ने गरिएको छ । तस्विर : भञ्ज्याङ