उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका कार्कीलाई

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित अन्नपूर्ण युवा क्लबले नयाँ वर्षको अवसरमा आज आयोजना गरेको उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका टङ्कबहादुर कार्कीले जित्नुभएको छ ।

शुक्लागण्डकी नगरपालिका–२ स्थित कोत्रेबाट स्थानथोक कोटदरबारसम्मको नौ किलोमिटर दूरीको उकालो दौड प्रतियोगिता ४३ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जित्नुभएको हो ।

प्रतियोगितामा खोटाङका गजेन्द्र राई द्वितीय, रोल्पाका मनकुमार रोका मगर तृतीय, धनकुटाका उमेश थापा चौथो र भक्तपुरका विकास राई पाँचौँ हुनुभएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ३३ हजार ३३३, दोस्रो हुनेलाई रु २२ हजार २२२, तृतीय हुनेलाई रु ११ हजार १११, चौथो हुनेलाई रु पाँच हजार ५५५ र पाँचौँ हुनेलाई रु तीन हजार ३३३ नगद पुरस्कार प्रदान गरिएको प्रतियोगिताका प्रवक्ता तीर्थराज खनालले जानकारी दिनुभयो ।

त्यस्तै महिलातर्फ लमजुङका विपना लामा प्रथम, लमजुङकै करुणा गुरुङ दोस्रो र तनहुँका सरस्वती डुम्राकोटी तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा १६६ धावकको सहभागिता रहेको थियो । कोत्रेबाट सुरु भएको दौड एक्लेखेत, तार्कुडाँडा, मनवानपुर, भुजिकोट, स्थानथोक हुँदै भूमेभैरव कोट पुगेर सकिएको थियो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दौड प्रतियोगिता आयोजना गरिएको हो । उक्त ठाउँमा यसअघि विसं २०७५ मा पहिलोपटक दौड आयोजना गरिएको हो । दौडले यस ठाउँका पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको क्लबका अध्यक्ष अनिल खनालले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker