चिसोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार

चिसो बढ्दै जाँदा केही स्वास्थ्य समस्या पनि देखापर्छ । खासगरी बुढापाका, दमका रोगी, युरिक एसिडका समस्या झेलिरहेकाहरुलाई चिसो मौसम अरु कष्टकर हुन्छ । त्यसो त रुघा खोकी, जोर्नीको दुखाईदेखि ड्रि्रेसनसम्मको समस्या चिसो मौसममा देखापर्छ ।

चिसो मौसमसँग जुध्नका लागि शरीरको तापमान सन्तुलित राख्नु नै हो । यसका लागि आगोको न्यानो होस् वा बाक्लो कपडा, उचित तौरतरिका अपनाउन जरुरी छ । त्यसैगरी जाडो याममा धेरैलाई भिटामिन डिको कमी हुन्छ । त्यसैले विहान र साँझको घाम ताप्नका लागि चिकित्सकहरुले सुझव दिने गरेका छन् । विभिन्न अध्ययनले के पनि देखाएको छ भने चिसो मौसमसँगै कतिपयलाई ड्रि्रेसन पनि हुने गर्छ । यसलाई विन्टर ड्रि्रेसन भन्ने गरिन्छ । यावत् समस्याबाट बच्नका लागि उपयुक्त खानपान, पहिरन र माहौल जरुरी हुन्छ ।

चिसोमा पर्याप्त तातो पानी वा सुप पिउने, पोषिलो खानेकुरा खाने, भिटामिन सियुक्त फलहरु सेवन गर्ने ।

त्यस्तै, केही घरेलु उपायहरु छन्, जसले चिसोको स्याहरुबाट सजिलै जोगिन सकिन्छ । यहाँ चिसो मौसममा लाग्न सक्ने १० रोग र तिनीहरुको सहज उपचारबारे उल्लेख गरिएको छ ।

चिसोमा कब्जियत भए के गर्ने –

चिसो मौसममा कब्जियतको समस्या हुन्छ । खासगरी पाचनसम्वन्धी कारणहरुले गर्दा यो समस्या झनै बढेर जान्छ । यसबाट बच्नका लागि पानी अत्यधिक पिउनर्ुपर्छ । भोजनपछि जीराको धुलो खानाले पनि पाचन क्रिया ठिक रहन्छ ।

चिसोले टाउको दुखे के गर्ने –

मानिसहरुलाई चिसो हावाका कारण टाउको दुख्ने समस्या हुन्छ । यो सजिलैसँग कम हुँदैन । यसो भएमा दुधमा जाइफल मिसाएर टाउकोमा यसको लेप लगाउनुस । यसबाट तुरुन्तै टाउकोको दुखाई भाग्छ ।

चिसोले छाला तथा ओंठ फुटे के गर्ने –

जाडोमा छालाको साथसाथै ओठ फुट्नु सामान्य कुरा हो । फुटेको ओंठमा कोकमको तेल लगाउँदा फाइदा हुन्छ । यसल ओठको त्वचा नरम र मुलायम पनि हुन्छ ।

चिसोले कुर्कुच्चा फुटे के गर्ने –

चिसो मौसममा कुरकुच्चा फुट्ने समस्या पनि अत्यधिक हुन्छ । यस्तो भएमा प्याजको पेस्ट वा ग्रीस लगाउँदा आराम हुन्छ ।

चिसोले छातीमा कफ जमे के गर्ने –

जाडोमा प्राय छातिमा कफ जम्मा हुन्छ र यसले निकै दुख दिन्छ । यसको समाधानका बेसार-पानी पिउनुस । यसबाट कफ बाहिर निस्किन्छ र खोकीमा राहत मिल्छ ।

चिसोले रुघा ज्वरो आए के गर्ने –

धेरै रुघा लाग्यो भने ज्वरो पनि आउन सक्छ । यसबाट बच्नका लागि दैनिक तीन पटक आलसको चुर्ण प्रयोग गर्दा फाइदा मिल्छ । रुघा, खोकी, ज्वरो एकसाथ हुँदा पुदिनाको पत्ताको चिया बनाएर नून वा सख्खर मिलाएर पिउँदा फाइदा गर्छ ।

चिसोमा जोर्नी दुखे के गर्ने –

चिसो मौसममा अक्सर जोर्नीको दुखाईले सताउँछ । यसबाट छुटकारा पाउनका लागि धतुरोको पत्तामा तेल लगाएर तातो बनाउनुस र दुखेको स्थानमा बाँध्नुस । यसबाट दुखाईमा राहत मिल्छ ।

तोरीको तेलमा ३-४ लसुनको कल्ली हालेर पकाउनुस र चिसो भएपछि यसले मालिस गर्नुस । यस्तो तेलको मालिसले चिसोमा जिउ दुखेको सन्चो हुन्छ । अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker