तनहुँको घिरिङ गाउँपालिकामा पहिलोपटक अल्ट्रासाउण्ड सेवा उपलब्ध

सुन्धारा स्वास्थ्य चौकीमा १७ लाखको मेसिन हस्तान्तरण, गर्भवती महिलालाई सहज सेवा

घिरिङ : तनहुँको घिरिङ गाउँपालिकामा पहिलोपटक अल्ट्रासाउण्ड सेवा उपलब्ध भएको छ । ग्रामीण क्षेत्रमा रहेको पालिकाको सेवा क्षेत्रमा पहिलोपटक अल्ट्रासाउण्ड सेवा शुभारम्भ गरिएको हो ।

गाउँपालिकाले बुधबार एक औपचारिक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त करिब १७ लाख रुपैयाँ बराबरको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मेसिन सुन्धारा स्वास्थ्य चौकीमा हस्तान्तरण पश्चात सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

गाउँपालिका अध्यक्ष थापाले उक्त एक्सरे मेसिन वडा नं. ३ का अध्यक्ष तथा स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष तहलसिंह थापालाई हस्तान्तरण गरेका थिए। सो अवसरमा उपस्थित केही गर्भवती महिलाको परीक्षण गरी सेवा औपचारिक रूपमा सुरु गरिएको थियो ।

अध्यक्ष थापाले टाढा अस्पताल जानुपर्ने बाध्यता हटाउने उद्देश्यले गाउँमै सेवा सञ्चालन गरिएको बताए । “गर्भवती महिलाले कम्तिमा आठपटक नियमित परीक्षण गरेमा सरकारले उपलब्ध गराउने सबै सुविधा पाउँछन्”, उनले भने, “यस सेवाको सदुपयोग गर्दै सुत्केरी हुने बेलामा अनिवार्य रूपमा स्वास्थ्य संस्थामा जानु आवश्यक छ ।”

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले हरेक हप्ता बुधबार नियमित रूपमा सेवा सञ्चालन हुने जानकारी दिए । साथै, आवश्यकता अनुसार अन्य स्वास्थ्य संस्थामा समेत सेवा विस्तार गरिने उनले बताए ।

कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य पार्वती बिक, ईश्वरी श्रेष्ठ, वडा सदस्य लोकबहादुर गुरुङ, महिला स्वयंसेवीका लगायतको उपस्थितिमा सेवा शुभारम्भ गरिएको सुन्धारा स्वास्थ्य चौकीका प्रमुख प्रितम थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker