दुर्गमका कर्मचारीलाई सुगममा पठाउनेगरी काम भइरहेको छ : मन्त्री न्यौपाने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउनेगरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन् ।

मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकी हुन् ।

लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरूको नाम संकलन भइरहेको र उनीहरूको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने उनले बताइन् । ‘सरुवामा खासगरी कोही सधैँ दुर्गममा मात्रै बसिरहने र सुगममा मात्रै कोही बसिरहने, कोही धेरै वर्षदेखि भ्याली नछोड्ने, कोही धेरै वर्षदेखि दुर्गममा बसिरहने स्थिति पनि छ,’ मन्त्री न्यौपानेले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत धेरै ठाउँमा निमित्तले चलाइरहनुभएको अवस्था पनि छ । मेरो सबैभन्दा बढी चासो त्यहीँ हो ।’

प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहनुभएको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताइन् ।

‘निमित्तले प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाएको छ, यसलाई जिरोमा झार्नुपर्छ भनेर गृहकार्य शुरु गरेका छौँ । नमानेपछि हामीले आर्थिक अधिकार कटौती गर्नेसम्मका कामहरू गर्‍यौँ । स्ट्रिकली लागू गर्न हामीले काम शुरु गरेका छौँ,’ उनले भनिन्, ‘राष्ट्रसेवक कर्मचारीहरू कुनै काम नै नगरी सेवामा समर्पित नभइकन तलव लिने खालको स्थिति बन्नुहुँदैन । त्यसका निम्ति कर्मचारी सबै खट्नुपर्छ । सबै सेवामा समर्पित हुनुपर्छ । त्यो संख्याको विवरण संकलन गर्दैछौँ ।’

मन्त्री न्यौपानेले दुर्गममा खटाउँदा जान्न भन्नेहरूको नाम सार्वजनिक गर्ने चेतावनी पनि दिइन् । ‘जो धेरै समयदेखि दुर्गममा हुनुहुन्छ, उहाँहरूलाई न्याय गर्ने र जो धेरै समयदेखि भ्यालीभित्र बसिरहनुभएको छ, उहाँहरूलाई अन्यत्र पठाउनेछौँ,’ उनले भनिन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker