कांग्रेसले भन्योः जेनजी पुस्ताको भावना बमोजिम संवैधानिक बाटोमा निकास दिऔँ

नेपाली कांग्रेसले जेनजी पुस्ताको भावना बमोजिम अगाडि यात्रा तय गर्न तयार रहेको बताएको छ । सबै पक्षसँग आवश्यक परामर्श गरी वार्ता र संवादमार्फत अहिलेको विषम परिस्थितिलाई निकास दिन कांग्रेसको आग्रह छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै वार्ता र संवादमार्फत निकास दिनका लागि राष्ट्रपतिले लिएको पहलकदमीको स्वागत गरेका छन् ।

कांग्रेसले संविधान र लोकतान्त्रिक बाटोबाटै जेनजी पुस्ताको भावना बमोजिम अगाडि यात्रा तय गर्नुपर्ने बताएको छ । ‘हामी यो पहललाई जेनजी पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पुर्‍याउन आग्रह गर्दछौं । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘विधि विहीनताले थप अराजकता निम्त्याउँछ । त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।‘

साथै, सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न गरिएको आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएर अनियन्त्रित भएको तथ्य स्वीकार्नपर्ने पनि बताएको छ । कांग्रेसले कैयौं सरकारी कार्यालय, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानलगायतमा गरिएको आगजनी अत्यन्तै दुःखद् र निन्दनीय भन्दै यो जेनजी आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर हुलमुलमा पसेकाहरुले नियतवश गरेको विश्वंश भएको बताएको छ ।

कांग्रेसले अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य रहेको उल्लेख गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker