तिहारलाई सयपत्री फूलको माला (फोटोफिचर सहित)

  • नारायण खड्का (दमौली)

तिहार पर्व उज्यालो र फूलको पर्व हो । यो पर्वमा फूलको अधिक प्रयोग हुन्छ । त्यसमा पनि सयपत्री, मखमली लगायतका फूल विशेष रुपमा प्रयोग गरिन्छ ।

यमपञ्चक अर्थात तिहार पर्व अन्तरगत आज कुकुर तिहार मनाइदै छ भने आज नै लक्ष्मी पूजा पनि गरिदै छ । तिहारमा सप्तरंगी टीका, मखमली र सयपत्री फूलको माला नेपालीहरूका लागि परिपूरक हुन् । फूलको पर्व तिहारमा हिन्दु संस्कार अनुसार यमपञ्चकको पाँचैं दिन अर्थात भाइटिकाको दिन विशेष रुपमा प्रयोग गरिन्छ ।

यही पर्वलाई लक्षित गर्दै तनहुँको शुक्लागण्डकी नगरपालिका-९ का युवाहरुले सामुहिक रुपमा व्यवसायिक फूल खेती गरेका छन् । पछिल्लो समय तिहार लक्षित व्यावसायिक फूल खेती गर्ने किसान पनि हृवात्तै बढेका छन् ।

यहाँका किसानले सामूहिक र व्यक्तिगत रुपमा सयपत्री फुलाउन थालेपछि अहिले सबैको घर आँगन, खेतबारीमा फूल फुलेका छन् । सयपत्री जताततै ढकमक्क फुलेको छ । शुक्लागण्डकी-९ सुन्दरेस्थित सुरौदी खोला किनारमा गरिएको फूल खेती अहिले ढकमक्क भएर फुलेको छ ।

शुक्ला सुरौदी लाइभ स्टक एग्रोले दुइ रोपनीमा लगाइएको सयपत्री तिहार पर्व सुरु भएसंगै टिपेर माला उन्न कृषकहरु व्यस्थ छन् । उत्पादित फूलको माला बनाएर पोखरा लगायतका बजार क्षेत्रमा बिक्री वितरणका लागि लग्ने तयारी गरेको संस्थाका व्यवस्थापक कोष बहादुर तामाङ बताउँछन् ।

‘२ रोपनी क्षेत्रफलमा करिब ६० हजार रुपैयाँको लागतमा १५ सय बढि विरुवा रोपिएको थियो’, तामाङले भने, ‘विरुवा सबै सरे अहिले फूल पनि राम्रै फुलेको छ । कोरोना कहरका बारण बजार पाउँदैन कि भन्ने चिन्ता थियो तर, अहिले ग्राहक बारीमै आइपुग्दा माग अनुसारको फूल उपलब्ध गराउन सकेका छैनौं ।’

८ जना युवाले सामुहिक रुपमा व्यवसायिक रुपमा पशुपालन, तरकारी खेती समेत गरिएकोमा अहिले फूल खेतीबाट मात्रै करिब २ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकोमा त्यो लक्ष्य पुरा हुँदै हामी निकै उत्साहित भएको कृषक तामाङ बताउँछन् ।

तिहार पर्वलाई लक्षित गरी अहिले कृषकहरुले आफैले माला तयार गरी प्रति माला १६० रुपैयाँ मूल्यमा बिक्री वितरणका लागि बजार पठाउने तयारी गरेका छन् । स्थानीयले फूलको माला तयार गर्न रोजगारी समेत पाएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker