आलु खन्दै कृषक

तनहुँको शुक्लागण्डकी-८ ढोरफिर्दीका कृषकहरु आलु खन्दै । एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले वडा नं. ८ लाई आलुको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । कृषकहरुलाई अनुदानमा विउ, मल र विषादी उपलब्ध गराएको छ । गत बर्ष राम्रो आलुको राम्रो उत्पादन भएपनि यस वर्ष हिउँदे वर्षा नहुँदा उत्पादन घटेको कृषकहरुले बताएका छन् । तस्विर : राजकुमार आले/भञ्ज्याङ










