गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा पुनः आगजनी भएको छ । गएराति अज्ञात व्यक्तिहरूले निवासमा आगो लगाएका हुन् ।

उक्त भवनमा  भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा  पनि तोडफोड र आगजनी भएको थियो ।

मुख्यमन्त्री पाण्डेले आगजनीका कारण बाँकी भएका कागजात जलेर नष्ट भएको बताए । `गेट लगाइएको थियो । पर्खाल चढेर लगाएको हुन सक्छ,´ उनले भने, `केही कागजात बाँकी थिए, सबै जलेछन् ।´

निवास जलेपछि उनी हाल प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।

जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेश मातहतका ४८ भवनमा आगजनी र तोडफोड भएको छ । तीमध्ये १३ भवन बस्नै नमिल्ने गरी नष्ट भएको छ भने १६ भवन तत्काल बस्न नमिल्ने खालको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker