भानु आवासीय छात्रावास सञ्चालनका लागि तयार गरिएको अवधारणा पत्र

- डिल्लीप्रसाद तिवारी (बन्दिपुर)
प्रायः सबै विद्यालयले उपलब्ध जनशक्ति एवं स्रोतसाधनको अधिकतम उपयोग गरी प्रभावकारी सहजीकरण मार्फत कसरी शैक्षिक उपलब्धि अभिवृद्धि गर्ने चाहना, चिन्तन र प्रयत्न गरिरहेका हुन्छन् । सिमित जनशक्ति, स्रोत एवं साधनको बाबजुद पनि कैयन विद्यालयले उदाहरणीय नतिजा ल्याएका छन् ।
तनहुँ जिल्लाकै जेठो एवं अग्रणी यस विद्यालयको बिगतका शैक्षिक इतिहास राम्रै भएको सर्वविदितै छ । यस विद्यालयलाई बिगतको आफ्नो सकारात्मक शैक्षिक साख एवं प्रतिष्ठा जगाउन र वर्तमानमा शैक्षिक संस्थाहरुसँग प्रतिस्पर्धि बनि अग्रणी विद्यालय बनाउन यसमा प्रत्यक्ष संलग्न गुरुवर्ग, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति लगायत स्थानीय सरकार र अभिभावकहरूको सक्रिय एवं सकारात्मक सहयोगको आवश्यकता छ ।
यसै सन्दर्भमा श्री भानु माध्यमिक विद्यालयको जननी विद्यालय श्री ५ रत्नक राज्य लक्ष्मी आधारभूत विद्यालय (साविक भानु मिडिल स्कूलको नामले चिनिन्थ्यो ।) यसैमा (श्री भानु मा.वि. मा) मर्ज भए पश्चात उक्त विद्यालयको संरक्षण सम्बर्धन एवं प्रयोग गर्ने दायित्व रहेसंगै विद्यार्थीको सिकाइ उपलब्धीसंग जोड्ने कार्यक्रम अन्तर्गत ‘श्री भानु आवासीय छात्रावास कार्यक्रम’ सन्चालन गरी शैक्षिक वातावरण तयार गर्ने कोसेढुङ्गा साबित हुनेमा हामी प्रतिबद्ध एवं विश्वस्त छौं ।
त्यसैले यस छात्रवास कार्यक्रममा केवल अध्ययन अध्यापन समय बढाउने मात्र नभई योग, ध्यान, शारीरिक व्यायम, पौष्टिक आहार, सकारात्मक चिन्तनको विकास लगायत सहयोगी, अनुशासित एवं व्यवहारिक पक्षहरुमा सकारात्मक धारणा निर्माण भएको बालबालिका बनाउनु अर्को प्रमुख उद्देश्य रहेको छ । आवासीय छात्रावास कार्यक्रमको सकारात्मक पक्षहरु तल उल्लेखित बुँदाहरुबाट प्रष्ट पार्न सकिन्छ ।
१. विद्यालय वरिपरि डेरा लिएर बस्नुसपर्ने बाध्यताको अन्त्य गर्न ।
२. सिकाइ साथै सहजिकरण समय वृद्धि गर्न ।
३. योग, ध्यान, शारीरिक व्यायम र पौष्टिक आहार समावेश गरी स्वस्थ चिन्तन गर्ने बालबालिका निर्माण गर्न ।
४. बाबु नानीहरूको प्रविधि दुरुपयोगलाई निरुत्साहित गर्न ।
५. समग्र विषयको जिपिएमा सुधार ल्याउन ।
६. सामूहिक सिकाइमा जोडदिए दिन ।
७. अफ्ठ्यरा समस्याहरु तत्कालै हल गर्न ।
८. शान्त वातावरणमा अध्ययन गर्न ।
थप
– प्रत्येक दिनको खानाको डोर हाजिरी निर्माण गरिनेछ ।
– प्रत्येक महिनामा मुख्य विषयका र अन्य विषयको उपलब्धि परीक्षा मापन गर्न निर्माणात्मक सिकाइ गरिनेछ । सोको जानकारी अभिभावकलाई दिइनेछ ।
– होस्टलमा रहनुहुने शिक्षक र विद्यार्थीहरूको आ-आफ्नो आचारसंहिता निर्माण गरी सोही अनुसार कार्यान्वयन गरिनेछ ।
– सम्बन्धित सरोकारवालालाई अनुगमन गराइनेछ ।
– समयमै hostel fee बुझाउन अग्रिम सूचना दिइनेछ ।
– स्वास्थ्यमा कुनै समस्या आएमा नजिकैको अस्पताल लगि सम्बन्धित अभिभावकलाई सूचित गरिनेछ ।
– सबै एउटै घरको परिवार भएको बोध गरी आ-आफ्नो जिम्मेवारी पूरा गरिनेछ ।
आवासीय छात्रवास संचालन गर्न एक समिति गठन गरिनेछ
संयोजक:
विषयगत शिक्षक:
विषयगत शिक्षक:
विषयगत शिक्षक:
– डेरा लिईबस्नु पर्ने गुरुहरुलाई हार्दिकताका साथ राखिनेछ ।










