लेकाली रायो सागको गुन्द्रुक

तनहुँको आँवुखैरेनी गाउँपालिका–६ घलडाँडाका कृषक लक्ष्मण गुरुङ लेकाली रायो सागबाट ग्रामीण शैलीमा उत्पादन गरिएको गुन्द्रुक सुकाउँदै । समुन्द्री सतहबाट करिब १६ सय मिटर उचाईमा फैलिएको छिम्केश्वरी क्षेत्रका कृषकले उत्पादन गरेको रायोको साग र सागबाट तयार गरिएको गुन्द्रुक बजारमा राम्रो माग रहेको छ । नेपालको रैथाने गुणकारी परिकारका रुपमा गुन्द्रुकलाई लिने गरिन्छ । तस्विर : भञ्ज्याङ










