डुम्रेमा आगलागी, स्थानीयको सक्रियतामा नियन्त्रण

तनहुँको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित फिल्म हल लाइनमा रहेको भगवान् श्रेष्ठको घरमा सोमबार साझ भएको आगलागी भएको छ । आगलागीबाट ठूलो क्षति नभएको र समयमै स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । स्थानीय बासिन्दाले आ–आफ्नो घरबाट पानी, फायर ग्यासलगायतका साधन प्रयोग गरी आगो लिएको थियो भने व्यास नगरपालिकाको दमकल पनि आगो नियन्त्रणका लागि पुगेको थियो । बन्दीपुर गाउँपालिकामा रहेको दमकल हाल बिग्रिएको अवस्थामा रहेकाले आगलागीका घटनामा स्थानीयले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । समयमै दमकल सञ्चालनमा नआउँदा जोखिम बढ्ने भन्दै स्थानीयले बन्दीपुर गाउँपालिकाले तत्काल दमकल मर्मत गरी नियमित सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् । आगलागीको कारणबारे थप विवरण आउन बाँकी रहेको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker