विकासको जग बसालेको छु, अब समृद्धिको महल ठड्याउनु छ : भण्डारी

दुलेगौंडा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर भण्डारीले आफ्नो क्षेत्रमा विकासको बलियो आधार तयार भइसकेको दाबी गर्दै बाँकी योजनालाई पूर्णता दिन पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन् ।

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित तनहुँ क्षेत्र नम्बर २ को विस्तारित बैठकलाई सम्बोधन गर्दै भण्डारीले आफ्नो पहलमा अघि बढेका ठूला पूर्वाधार योजनाहरूको चर्चा गरे। कुम्लेखोला पुल निर्माण, बेलचौतारा र खैरेनीटार क्षेत्रका बृहत् खानेपानी आयोजना, शहिद लालध्वज मार्गको निर्माण तथा सेती नदीको कटान नियन्त्रणका लागि तटबन्धन जस्ता योजनाले क्षेत्रको विकासमा ठोस आधार तयार भएको उनको भनाइ थियो।

गाउँ–गाउँमा विद्युतीकरण, खानेपानीको पहुँच विस्तार र नागरिकलाई घरदैलोमै सेवा दिन विभिन्न सरकारी सेवा कार्यालय स्थापना गर्न सफल भएको उल्लेख गर्दै भण्डारीले आफ्नो कार्यकालमा विनियोजन भएको बजेट र कार्यान्वयन भएका योजनाहरूको तुलना गर्न सबैलाई आग्रह गरे। “धेरै सिँचाइ आयोजना र पुल–पुलेसा निर्माणको चरणमा छन्”, उनले भने, “ती अधुरा काम पूरा गर्न निरन्तरता आवश्यक छ, त्यसका लागि मेरो उम्मेदवारी अपरिहार्य छ।”

तनहुँमा विद्युत् सेवा कार्यालय स्थापना गर्न सफल भएको स्मरण गराउँदै भण्डारीले दीर्घकालीन विकासका योजनालाई निष्कर्षमा पु¥याउन जनताको विश्वास र साथ आवश्यक रहेको बताए। “विकासको जग बसेको छ, अब समृद्धिको महल ठड्याउने बेला आएको छ,” उनले जोड दिए।

कार्यक्रम क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकमा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने तथा पूर्व सभापति रघुनाथ पौडेलले जिल्लाको समग्र विकास र समृद्धिका लागि भण्डारीको नेतृत्व प्रभावकारी हुने धारणा व्यक्त गरे।

त्यसैगरी जिल्ला उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, समानुपातिक सांसद इन्दिरा खनाल तथा गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे विश्वकर्माले केन्द्रमा भण्डारीको पहुँच र जिल्लामा भित्रिएका योजनाहरू नै आगामी निर्वाचनमा कांग्रेसको बलियो आधार बन्ने बताए । ठूलो संख्यामा कार्यकर्ताको सहभागिता रहेको बैठकले चुनावी रणनीति तय गर्दै एकढिक्का भएर अघि बढ्ने संकल्प गरेको छ । साथै, निर्वाचन प्रचार–प्रसारलाई व्यवस्थित बनाउन क्षेत्रीय चुनावी कार्यालय स्थापना गरिएको जानकारी पनि दिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker