घरबासमा पाहुनाको स्वागत

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङस्थित टुटेपानी सामुदायिक घरबास पुगेका आन्तरिक पाहुनालाई स्वागत गर्दै घरबास सञ्चालक । गण्डकी प्रदेशकै नमुना रहेको यस घरबासमा गुरुङ समुदायका संस्कार, संस्कृतिका साथै स्थानीय स्तरमै उत्पादित खानाका परिकारको उपभोगका साथै प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न पाइने हुँदा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
तस्विर : सविन लामिछाने/भञ्ज्याङ









