पहिरो हटाएपछि अबरुद्ध पृथ्विराजमार्गको म्याग्दे खण्ड सुचारु
भञ्ज्याङन्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा खसेको पहिरो हटाएपछि राजमार्ग सुचारु भएको छ ।
सोमबार बिहान ६:४० बजे सडक माथीबाट पहिरो खस्दा दुई तर्फी सवारी आगमन बन्द भएको थियो ।
स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ती, चाईनिज कम्पनीसँग आवश्यक समन्वय गरी पहिरो हटाइएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी गराए ।
राजमार्गको मुग्लिङ-पोखरा खण्ड विस्तार कार्य भैरहेको र शनिबारदेखिको अविरल झरीका कारण पहिरो खस्ने, सडक भासिने गर्दा राजमार्ग अवरुद्ध हुनुका साथै यात्रा जोखिमपूर्ण बनेको छ ।










