रास्वपा आँवुखैरेनी गाउँकमिटीको प्रथम अधिवेशन, सभापतिमा श्रेष्ठ चयन

आँवुखैरेनी : राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँकमिटीको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठन विस्तार तथा जनसरोकारका विषयमा सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अधिवेशनबाट राम श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी खुलराज गुरुङ उपसभापति, प्रकाश श्रेष्ठ सचिव, भक्त बहादुर गुरुङ सह–सचिव तथा सबिता भट्टराई कोषाध्यक्षमा निर्वाचित भएको बताइएको छ ।
सदस्यहरूमा प्रेम कुमार श्रेष्ठ, राजेश श्रेष्ठ, किसान श्रेष्ठ, तुलसी पौडेल खनाल, सम्झना सुनार तथा हरिभक्त पन्त चयन भएका छन् ।
त्यस्तै जिल्ला प्रतिनिधिमा पुष्प कुमार श्रेष्ठ, गीता लामिछाने, अर्जुन बगाले र ज्ञानेन्द्र थापा क्षेत्री निर्वाचित भएका छन् भने, प्रदेश प्रतिनिधिमा गोबिन्द प्रसाद खनाल र बालकृष्ण मिश्र चयन हुँदा महाधिवेशन प्रतिनिधिमा सुमन बगाले निर्वाचित भएका छन् ।
अधिवेशनमा सहभागी वक्ताहरूले गाउँपालिकामा पार्टी संगठनलाई थप सशक्त बनाउँदै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker