युवालाई उत्पादनसंग जोड्छु : उम्मेदवार श्रेष्ठ

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले व्यास नगरपालिका-५ मा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार विष्णुकुमार श्रेष्ठ हिमालले युवालाई उत्पादनसँग जोड्ने बताएका छन् । व्यास-५ को चुदेरमा आयोजित आमसभालाई सम्वोधन गर्दै उम्मेदवार श्रेष्ठले युवापुस्तालाई उत्पादनसँग नजोडी परिवर्तन सम्भव नहुने बताउँदै वडाको समृद्धिका लागि युवालाई उत्पादनसंग जोड्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रविधिको प्रयोग गरी नयाँ पुस्तालाई उत्पादनमा जोडेर आत्मनिर्भर वन्न सकिने बताउँदै श्रेष्ठले कृषिमा अपार सम्भावना रहेको छ तर यसको महत्व युवा पुस्तालाई बुझाउन नसक्दा युवा पलायन हुने अवस्था भएकाले आफनो पहिलो योजना युवामैत्री वडा बनाउने छ ।

परम्परावादी उत्पादन प्रणालीले जीवनमा उल्लेख्य परिवर्तन गर्न असम्भव रहेको हुँदा प्रविधियुक्त र व्यवसायिक उत्पादनमा लाग्न नेकपा एमाले वडा नं ५ का वडाध्यक्ष राजकुमार श्रेष्ठले वताए । निरन्तरताका नाममा नविनतम नहुँदा कृषकको जीवनस्तर उकास्न सकेन ।

त्यसैले हाम्रो पहिलो प्रयास युवा र उत्पादन संगसंगै हुने श्रेष्ठले बताए । चुनावी घरदैलोको क्रममा नेकपा एमाले तनहुँका जिल्ला कमिटी सदस्य प्रेम प्रसाद पौडेल, जिल्ला सल्लाहकार सदस्य दिपेन्द्र शाहीले चुनावी सभालाई सम्वोधन गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker