आँबुखैरेनीको विकास र जनसरोकारका विषयमा प्रधानमन्त्री, सञ्चार र ऊर्जामन्त्रीको ध्यानाकर्षण

तनहुँको आँबुखैरेनी गाउँपालिकाले यस क्षेत्रको विकास र जनसरोकारका विषयमा प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा काठमाडौँ पुगेको जनप्रतिनिधिको टोलीले यस क्षेत्रको विकास र जनसरोकारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माको ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष चुमानले आँबुखैरेनी अस्पतालको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो । उक्त अस्पतालको मङ्सिर १ गते उद्घाटनको समय तय भएको उहाँको भनाइ छ । यस्तै आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा मोवाइल नेटवर्कको समस्या रहेकाले तत्काल टावर थप गर्न सञ्चारमन्त्रीलाई प्रस्ताव पेश गरिएको छ । सो अवसरमा मन्त्री शर्माले तत्काल समाधान प्रक्रिया सुरु हुने प्रतिबद्धता जनाएको चुमानले जानकारी दिनुभयो ।

यस्तै आँबुखैरेनी सत्रसय खण्डमा ३३ केभी प्रसारण लाइनले पारेको असर र सोको समाधान गर्दा मुग्लिन पोखरा सडक योजनामै समेटेर गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker