तनहुँको शुक्लागण्डकीमा विभत्स रुपमा हत्या गरिएका दुई पुरुष र एक महिलाको शव भेटियो

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा शनिबार विभत्स रुपमा हत्या गरिएका तीन शव भेटिएका छन् । शुक्लागण्डकी नगरपालिका–५ स्थित कसेरीमा दुई पुरुष र एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कसेरीघाटमा निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्रमाको कम्पाउण्ड बाहिर दुई जना पुरुष र सो घटनास्थलको केही पर एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी गराए ।

उक्त घटनामा एक पुरुषको शव शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप राइपुरका अन्दाजी ३९ वर्षीय नारायण विका रहेका र उनि उक्त केन्द्रमा गार्डको रुपमा कम गर्दै आएको बताइएको छ ।

यस्तै, एक पुरुष र महिलाको शवको भने पहिचान खुल्न सकेको छैन । उनिहरु श्रीमान श्रीमती रहेको र प्रशोधन केन्द्र बाहिर टहरा बनाई संगै बस्दै आएको बताइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

ती महिला पुरुषले शुक्लागण्डकी नगरपालिकाको बजार क्षेत्रबाट संकलन गरिएको फोहोरमैलाबाट कवाडी संकलन गर्ने गरेको स्थानीयले बताएका छन् ।

मृत फेला परेका तीन जनाको शव विभत्स रहेको घटनास्थल पुगेका स्थानीयले जनाएका छन् । पुरुषको शवको पेटमा गम्भिर चोट लागेको अवस्थामा र महिलाको शव घाँटी रेटिएको अवस्थामा भेटिएको बताइएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार घटनाको प्रकृति शंकास्पद भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीसहितको टोली घटनास्थलमै खट्टिएर सबै कोणबाट अनुसन्धान गरिरहेको छ ।

गण्डकी प्रदेशको प्राविधिक टोली र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको उनले बताए । तीनै जनाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल दमौली ल्याइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker