तनहुँको भानुमा स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया

  • भञ्ज्याङ समाचारदाता (भानु)

तनहुँको भानु नगरपालिकामा स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवाला विच अन्तरक्रिया गरेको हो । नगरपालिकाले स्वास्थ्य सम्बन्धी तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सन्चालन भईरहेको कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा उपमेयर आशा थापाले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा नगरपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरु बनाएको बताइन् ।

सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, निःशुल्क औषधीको वितरणको व्यवस्था, जेष्ठ नागरिकको घरघरमै पुगि स्वास्थ्य परिक्षण, स्वास्थ्य केन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता लगायतको नगरपालिकाले व्यवस्थापन गरेको उपमेयर थापाको भनाई छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिति निकै कम हुने गरेको बताए ।

तनहुँ जिल्लामै सुरक्षित सुत्केरी गराउने अस्पतालको रुपमा पुरनडिही अस्पताललाई लिने गरेको भन्दै पाण्डेले अन्य स्वास्थ्य संस्थाले पनि प्रभावकारी रुपमा सेवा दिइरहेको बताए । केही कुराहरु अपुग भएमा त्यसलाई नगरपालिकाले बोर्ड बैठकले पारित गरेमा कर्मचारीको तर्फबाट कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध भएको पाण्डेको भनाई छ ।

मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष पूर्णबहादुर लौडारी, वडा नम्बर ६ का अध्यक्ष टिकाराम हड्खले, नगरपालिकाका न्यायीक समितिका सदस्य कृष्णराज ढकाल, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइ लगायतले नागरिकको स्वास्थ्य प्रति संवेदनशिल भएर काम गर्न सम्पूर्ण स्वास्थ्यकर्मी कर्तव्य भएको बताए ।

स्वास्थ्य संस्थामा भएको कमजोरी प्रति नगरपालिका सचेत भएको भन्दै जिम्मेबार नागरिकले कमीकमजोरीहरु सार्वजानिक स्थानमा भन्नु भन्दा पनि जिम्मेवार प्राप्त व्यक्तिलाई जानकारी गराएमा चाँडै समाधान हुने वक्ताहरुको भनाई रहेको इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker