प्रधानमन्त्री ओलीले चुनाव चाहेका छैनन् : के.स. पौडेल

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपीले चुनाव नचाहेको बताएका छन् । ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा विहीबार कांग्रेस तनहुँले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘अहिलेको अवस्थामा चुनाव गरे जमानत जफत हुन्छ भन्ने कुरा केपीले राम्रोसँग बुझेका छन् चुनावको मिति घोषणा नाटक मात्रै हो’ नेता पौडेलले भने, ‘हार्ने अवस्थामा चुनाव नचाहने हुँदा सरकारलाई सडकबाट ढाल्नु पर्ने र सडकमा आन्दोलन हुने डरले सत्ता लम्बाउनका लागि संसद विघटन गरिएको हो ।’

विभिन्न भ्रष्टाचार काण्ड, न्यायलयमाथि हस्तक्षेप, संवैधानिक निकायहरुमा असंवैधानिक तबरबाट पदाधिकारी नियुक्त गर्ने मात्रै नभई प्रतिनिधी सभा भंग गरेर प्रधानमन्त्री स्वच्छाचारी भएको केन्द्रीय सदस्य पौडेलले आरोप लगाएका छन् ।

‘कांग्रेस पाँच वर्ष सम्म सरकार बाहिर बस्न संकल्प गरेको पार्टी हो, हाम्रा लागि सरकार प्रधान विषय हैन, कम्युनिष्टसँग मिलेर न सत्तामा जान्छौं न सडकमा जान्छौं’ उनले भने, ‘चुनाव पछि मात्रै कांग्रेस सरकारमा जान्छ, जहिले निर्वाचन हुन्छ त्यतिबेला गएर एक्लै जित्न चाहन्छौं त्यसपछि मात्रै कांग्रेस सरकारमा हुन्छ ।’

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले पार्टी भित्र हार्दिकता र एकता कायम गरी काँग्रेस बलियो हुनु पर्ने बताए । वाग्लेले भने, ‘मन, वचन र कर्मले पार्टीलाई एक बनाउनु छ एकले अर्कोलाई घोचपेच गरेर हैन ।’

तनहुँका सभापति वैकुण्ठ न्यौपाने पद्धतिमा भन्दा पनि व्यक्तिमा विश्वास गर्ने राजनीतिले संकट निम्त्याउने बताए । साथै न्यौपानेले नेताहरुले पार्टी कम र आफ्नो चिन्ता बढी गर्ने गरेको पाइएको उल्लेख गर्दै पार्टी कमजोर भयो भने आफ्नो भविश्य छैन भन्ने कुरा बुझ्नु पर्ने बताए। कार्यबाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा आयोजित कार्यक्रममा पार्टीका सचिव विश्व वास्तोला, सदस्य पवित्रा पौडेल लगायतले जननायक बीपी कोईराला, राष्ट्रियता, लोकतन्त्र संरक्षणको लागि एक ठाउँमा उभिनु पर्छ भन्ने कुरा हालको समयमा उत्तिकै सान्दर्भिक भएको कुरामा जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker