बन्दीपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट अधिकारी, भट्टराई र नेपाली पुरस्कृत

पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले स्थापना गरेको बन्दीपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन् । लिमिटेडको शनिबार आयोजित चौथौ साधारणसभाका अवसरमा डिपी अधिकारी, प्रकाशचन्द्र भट्टराई र सानेबहादुर नेपालीलाई पुरस्कृत गरिएको हो ।

उनीहरुलाई जनही रु ५१ हजार, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले, प्रदेश सभा सदस्य हरिबहादुर चुमान र लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले उनीहरुलाई पुरस्कृत गरेका थिए ।

उद्यमशीलताको क्षेत्रमा कलम चलाएका पत्रकारहरुको छनोट गर्नको लागि सञ्चालक तारानाथ उपाध्यायको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको थियो । सो समितिले छनोटको मापदण्ड पूरा गरी पुरस्कार दिन योग्य पत्रकारहरु छनोट गरि कम्पनीको बोर्ड समक्ष सिफारिस गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker