अर्थ
-
अर्थ
१२ बैशाख २०८२, शुक्रबार १७:१६उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती
गण्डकी : पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाको करिब ३५ रोपनी जग्गामा यतिखेर लटरम्म खरबुजा फलेका देखिन्छन् । विगतमा तराई र भारतबाट बजारमा ल्याइएका खरबुजा देखेका स्थानीय आफ्नै घरखेत वरपर खरबुजा फलेको देख्दा दङ्ग छन् । महानगरपालिका–२१ कृष्तीका ज्ञानबहादुर कार्की र पोखरा–३३ भरतपोखरीका रमेश आचार्यले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ बैशाख २०८२, शुक्रबार १२:४७व्यासको कराङकाठ–बसपार्क जोड्ने बुल्दीखोला पुल निर्माण सम्पन्न
दमौली : तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले बताए । पुल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ बैशाख २०८२, बिहीबार १२:३३भानु नगरपालिकाले हाटबजार सञ्चालन गर्ने
भानु : तनहुँको भानु नगरपालिकाले वैशाख १३ गतेदेखि प्रत्येक शनिबार हाटबजार सञ्चालन गर्ने भएको छ । ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० बैशाख २०८२, बुधबार ०८:३६सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
काठमाडौँ : गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्यो । उहाँहरुमाथि नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिना गरेको आरोप थियो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ बैशाख २०८२, मंगलवार १२:४०मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित उन्नाइस परिवालाई मुआब्जा वितरण
तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ । केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो । जग्गा अधिग्रहणका लागि रु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ बैशाख २०८२, शनिबार १२:५५गण्डकीको गौरवको कोरोला त्रिवेणी सडक आयोजना : तनहुँको मानपुर डेढगाउँ सडक कालोपत्रपछि यात्रा सहज
दमौली । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढगाउँसम्म सडक कालोपत्र भएपछि यात्रा सहज भएको छ । घिरिङको मानपुरदेखि डेढगाउँसम्मको ११ किलोमिटर खण्ड कालोपत्रको काम सकिएको हो । सडक कालोपत्र भएपछि यस ठाउँ भएर यात्रा गर्नेलाई सहज…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ बैशाख २०८२, शुक्रबार ११:४८मुग्लिन–पोखरा सडकः दमौली बजार क्षेत्रमा धमाधम कालोपत्र हुँदै
तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा कालोपत्र सुरु गरिएको छ। पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत दमौली बजारमा कालोपत्रको काम सुरु गरिएको हो। दमौली बजार क्षेत्रमा एक/डेढ महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णु पाण्डेले जानकारी दिएका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०८१, आईतवार १९:११नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो, स्थानीय (रैथाने) खाना महोत्सव सुरु
दमौली : नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ चलिरहेका बेला आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । बन्दीपुर पर्यटन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०८१, आईतवार १६:२८नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
काठमाडौँ : नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०८१, आईतवार १३:४०वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र
काठमाडौँ : मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष केही महत्त्वपूर्ण प्रगति भएका छन् । सन् २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको महत्वाकाङ्क्षी ‘ऊर्जा मार्गचित्र’लाई कार्यान्वयनमा ल्याइएको छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०८१, आईतवार १३:३४वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष
काठमाडौँ : गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा काठमाडौँकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो…
पुरा पढ्नुहोस -
अर्थ
२९ चैत्र २०८१, शनिबार १३:१४कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
घोडाघोडी : विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ पर्नुभयो । उहाँलाई कर्णाली नदी किनारमा अड्किएका काठ ट्र्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुरको प्रहरीले पक्राउ ग¥यो । बर्दियाको गुलरिया घर भई टीकापुरमा दैनिक ज्यालादारीमा ट्र्याक्टर चलाउँदै आउनुभएका गोडियालाई पक्राउ गरेर प्रहरीले सबडिभिजन वन…
पुरा पढ्नुहोस