फाेटाे फिचर
-
१३ चैत्र २०८०, मंगलवार ०९:३८सीपको उपयोग
तनहुँको दमौलीकी एक युवती आफुले सिकेको सीपको उपयोग गर्दै तानको प्रयोग गरी कपडामा बुट्टा भर्दै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ चैत्र २०८०, आईतवार १२:११छिम्केश्वरी माईको मन्दिर
छिम्केश्वरी माईको मन्दिर । फागुपूर्णिमा पर्वका दिन यस मन्दिरमा विशेष पूजाअर्चन तथा मेला लाग्ने गर्दछ । मन्दिर प्यागोडाशैलीमा पुनःनिर्माण गरिएको । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ चैत्र २०८०, आईतवार १२:०३चैतेधानको विऊ रोप्ने चटारो
तनहुँको बन्दीपुर गाउँपालिका-१ नाहलाका कृषकहरु चैतेधानको विऊ रोप्ने तयारी गर्दै । यहाँका कृषकहरुले खेत चक्लाबन्दी गरी पकेट क्षेत्रकै रुपमा चैतेधान खेती सुरु गरेका छन् । करिब छ महिनापछि हिउँदे वर्षा भएसंगै कृषकहरु चैतेधान र मकै खेतीको तयारीमा जुटेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ चैत्र २०८०, शुक्रबार ११:३९बाल विकास केन्द्रमा बालबालिका
तनहुँको भानु नगरपालिका-१० रामपुरटारस्थित श्री चोक माध्यमिक विद्यालयको बाल विकास केन्द्रमा पढ्दै गरेका बालबालिकाहरु र पढाउँदै गरेकी केन्द्रकी स.का. इन्दिरा पन्त । स.का. पन्त भानु नगरपालिकाले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवस तथा शिक्षक/कर्मचारी सम्मान समारोह २०८० मा उत्कृष्ट बालविकास सहजकर्ताको रूपमा सम्मानित भएकी थिइन् ।…
पुरा पढ्नुहोस -
८ चैत्र २०८०, बिहीबार १३:२९पर्यटकको चहलपहल
पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका पर्यटकहरु । पछिल्लो समय बन्दीपुरमा वाह्य पर्यटकको आवगमन बढेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ चैत्र २०८०, बिहीबार १२:१८हस्तकला सीप सिक्दै महिला
तनहुँको म्याग्दे गाउँपालिका-२ मा सञ्चालित मकैको खोस्टाबाट हस्तकलाका सामग्री उत्पादनका लागि सीप सिक्दै महिलाहरु । म्याग्दे गाउँपालिकाको आयोजना र ओम राजश्री मल्टि एग्रो प्रालिको प्राविधिक सहयोगमा ३० दिने सीपमूलक तालिम सञ्चालन भइरहेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ चैत्र २०८०, बुधबार १०:५३विद्यार्थीको मस्जिद भ्रमण
तनहुँको व्यास नगरपालिका-४ स्थित कन्काई ग्लोवल एकेडेमीका कक्षा ६ र ७ का विद्यार्थी मंगलबार सोही वडामा रहेको नुरी हन्फी जामे मस्जिदको अध्ययन भ्रमण गर्दै । बालबालिकालाई सानै उमेरदेखि सामाजिक सद्भाव, सहअस्तित्व तथा सहकार्य गर्ने उपयुक्त वातावरण प्रदान गर्ने उद्देश्यका साथ विद्यालयले विद्यार्थीहरुलाई मुस्लिम समुदायका पवित्र…
पुरा पढ्नुहोस -
६ चैत्र २०८०, मंगलवार १२:१४सडक र नाला निर्माणको अनुगमन
तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा सहितको टोली मदन मोटर मार्ग अन्तर्गत भोरकोट खण्डमा ग्राभेल सडक र नाली निर्माण कार्यको स्थलगत अनुगमन गर्दै । निर्माण कार्य कम गुणस्तरको भएको जनगुनासो आएपछि अध्यक्ष तथा प्राविधिक सहितको टोलीले अनुगमन गरी निर्माण पक्षलाई कामको गुणस्तरीयतामा ध्यान दिन…
पुरा पढ्नुहोस -
६ चैत्र २०८०, मंगलवार १२:११मौरी पालन तालिम
तनहुँको भानु नगरपालिका-१३ मा वडा कार्यालयले सञ्चालन गरेको तीन दिने मौरी पालन तालिम तथा सामाग्रि वितरण कार्यक्रममा सहभागि स्थानीय । वडा कार्यालयले प्राविधिकहरुको उपस्थितिमा स्थानीय कृषकहरुलाई मौरी पालन, मह उत्पादन, मौरीको चरान लगायतका विषयमा सहजिकरण गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस