विद्यार्थीको मस्जिद भ्रमण

तनहुँको व्यास नगरपालिका-४ स्थित कन्काई ग्लोवल एकेडेमीका कक्षा ६ र ७ का विद्यार्थी मंगलबार सोही वडामा रहेको नुरी हन्फी जामे मस्जिदको अध्ययन भ्रमण गर्दै । बालबालिकालाई सानै उमेरदेखि सामाजिक सद्भाव, सहअस्तित्व तथा सहकार्य गर्ने उपयुक्त वातावरण प्रदान गर्ने उद्देश्यका साथ विद्यालयले विद्यार्थीहरुलाई मुस्लिम समुदायका पवित्र धार्मिकस्थल मस्जिदका अध्ययन भ्रमण गराएको हो ।

अध्ययन भ्रमणका लागि आएका विद्यार्थीहरुलाई दमौली मुस्लिम अन्जुमन कमिटीका सदस्य महम्मद गफ्फारले विद्यार्थी र शिक्षकहरूलाई मस्जिद सम्बन्धी धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षको जानकारी गराएका थिए । तस्विर : भञ्ज्याङ










