फाेटाे फिचर
-
५ चैत्र २०८२, बिहीबार १२:५६अलपत्र अवस्थामा निर्माणाधिन अस्पताल भवन
तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद प्राथमिक स्वास्थ्य केन्द्रको भवन बजेट अभावका कारण अलपत्र अवस्थामा । नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको बताइएको छ । ११ करोड ५२ लाख ९ हजार ९६३…
पुरा पढ्नुहोस -
४ चैत्र २०८२, बुधबार १२:३८वन डढेलो नियन्त्रणका लागि तनहुँमा सचेतना मुलक वृहत र्याली
तनहुँ : वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सचेतना सप्ताह अन्तर्गत तनहुँमा आयोजना गरिएको वृहत र्यालीका सहभागिहरु । डिभिजन वन कार्यालय तनहुँले म्याग्दे गाउँपालिका–४ थर्पु बजारदेखि जामुने बजारसम्म वृहत र्याली प्रदर्शन गरिएको थियो। म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका विभिन्न सामुदायिक वन समूहका उपभोक्ताहरुको सहभागिता…
पुरा पढ्नुहोस -
३ चैत्र २०८२, मंगलवार १३:४१झोर्ले
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले वेलचौतारामा सोमबारदेखि आयोजना गरेको रैथाने खाना महोत्सवमा जातीय पहिचान झल्कने भेषभूषमा सजिएर सहभागि भएका मगर समुदायका युवतीहरु । महोत्सवमा आदिवासी जनजाति समुदाय तथा स्थानीय रैथाने खानाका परिकारहरु राखिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ चैत्र २०८२, मंगलवार १३:३२लोचेडाँडामा च्याउ खेतीको सफलता
तनहुँको ऋषिङ्ग गाउँपालिका–५ लोचेडाँडामा महिला समूहद्वारा उत्पादित च्याउ खेती । यो च्याउ खेतीको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ सहितको टोलीले स्थलगत अनुगमन गरेका छन् । लघु उद्यम शाखाको प्राविधिक सहयोगमा सुरु गरिएको यो व्यवसायले स्थानीय महिलाहरूको आयआर्जनमा टेवा पुग्ने विश्वास लिएका छ । तस्विर : भञ्ज्याङ…
पुरा पढ्नुहोस -
२ चैत्र २०८२, सोमबार १३:१५बन्दीपुरमा आन्तरिक पर्यटक
पहाडकी रानीको उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आइतबार जातीय पहिचान झल्कने भेषभूषामा सजिएर तस्विर खिचाउँदै आन्तरिक पर्यटक । बिदाका दिन बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ चैत्र २०८२, आईतवार १२:३९पानी आयो सडक हिलाम्य
सडक विस्तारका कारण पानी परेपछि हिलाम्य बनेको डुम्रे–बेंसीसहर सडक खण्डअन्तर्गत तनहुँको भानु नगरपालिकाको तुरतुरे खण्ड । साघुरो सडकलाई विस्तार गर्ने कार्य भइरहदा घण्टौंसम्म सावारीसाधान रोकिने गरेका छन् भने यात्रुहरुले सास्ति झेल्नुपरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ चैत्र २०८२, आईतवार १२:३६म त लालिगुराँस भएछु …..
लमजुङको राइनास नगरपालिका–९ मा रहेको ऐतिहासिक राइनासकोटमा लालिगुराँस फुलेर रात्तैदेखिएपछि पृष्ठभूमिमा लालिगुराँस राखेर तस्विर खिचाउँदै आन्तरिक पर्यटक । लालिगुराँससंग तस्विर खिचाउन, टिकटक बनाउन र यहाँको प्राकृतिक सौन्दर्य अवलोकन गर्नका लागि शनिबार लमजुङ, तनहुँ, गोरखा लगायतका जिल्लाबाट हजारौंको संख्यामा आन्तरिक पर्यटकहरु राइनासकोट पुगेका थिए । ग्रामीण…
पुरा पढ्नुहोस -
२९ फाल्गुन २०८२, शुक्रबार १२:४१निर्वाचन प्रहरीको विदाई
प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ तनहुँमा नियुक्त गरिएका निर्वाचन प्रहरीलाई विहीबार प्रमाणपत्र प्रदान गरी विदाई गरिदै । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै तनहुँका प्रहरी उपरीक्षक टेक बहादुर कार्कीको उपस्थितिमा प्रमाण पत्र प्रदान गरी विदाई गरिएको थियो…
पुरा पढ्नुहोस -
२९ फाल्गुन २०८२, शुक्रबार १२:३८पशु स्वास्थ्य घुम्ती शिविर
तनहुँको ऋषिङ गाउँपालिकाको पशु सेवा शाखाले वडा नं. ५ मा विहीबार सञ्चालन गरेको पशु स्वास्थ्य घुम्ती शिविरमा सेवा लिन आएका स्थानीय । शिविरमा पशु तथा घरपालुवा जनावरहरुको स्वास्थ्य परीक्षण तथा खोप दिनका साथै औषधी उपचार गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस