हाटबजारमा सिस्नोको व्यापार

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको कृषि हाटबजारमा गाउँबाट ल्याइएको सिस्नो बिक्री गरिदै । गाउँपालिकाले प्रत्येक हप्ताको शुक्रबार र सोमबार सञ्चालन गर्दै आएको हाटबजारले स्थानीय कृषकलाई आफ्नो उपज बिक्री वितरण गर्न सहज हुनुका साथै उपभोक्तालाई सुपथ मूल्यमा सहजै स्थानीय उत्पादन उपभोग गर्ने माध्यम बनेको छ । तस्विर : भञ्ज्याङ










