फाेटाे फिचर
-
२ पुष २०८०, सोमबार ११:३२तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण स्थल
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरमा निर्माणाधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण स्थल । आयोजनाका प्याकेज-१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काएर अहिले अस्थायी बाँध निर्माण भइरहेको छ । ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ को सिमाना भएर बग्ने सेती नदीमा १४०…
पुरा पढ्नुहोस -
२ पुष २०८०, सोमबार ११:२४बन्दीपुरमा कोसेली घर
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालमा ल्याइएको ‘हाम्रो बन्दिपुर कोसेली घर’मा राखिएका स्थानीय कृषिउपज । बन्दीपुर गाउँपालिकाको सहयोगमा बन्दीपुर परिश्रमी यूवा समुहले सञ्चालनमा ल्याएको कोसेली घर आइतबार गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज सिधै उपभोक्ताको हातहातमा पुर्याउन…
पुरा पढ्नुहोस -
१ पुष २०८०, आईतवार ११:३३मकैको व्यापार
तनहुँको दमौली स्थित प्रशासनचोकको सडक किनारमा हरियो मकै पोल्दै व्यापारीहरु । चितवनबाट हरियो मकै ल्याएर दमौलीमा बिक्रीवितरण गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ पुष २०८०, आईतवार ११:२२उपाधी जितेपछिको खुसी
एनप्याव्सन तनहुँले सञ्चालन गरेको ११औं स्पोर्ट फेस्टिभलमा आयोजित भलिबल प्रतियोगितामा उपविजेता भएपछि उपाधि लिएर खुसी मनाउँदै व्यास-५ चापाघाटस्थित ग्रिन स्टार इग्लिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरु । उक्त प्रतियोगितामा बन्दीपुर गाउँपालिका-१ डुम्रेस्थित मनास्लु बोडिङ स्कुल विजेता बन्न सफल भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ मंसिर २०८०, शुक्रबार १२:५१ऐतिहासिक सम्पदाको संरक्षण
तनहुँको ऋषिङ गाउँपालिका-८ मा रहेको ऐतिहासिक महत्व बोकेको रानीपोखरीको पुनःनिर्माण गरिदै । गाउँपालिकाले पोखरीको संरक्षणका लागि काम अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ मंसिर २०८०, शुक्रबार १२:३०देवघाटका कृषकले पलाएको सुन्तला
तनहुँको देवघाट गाउँपालिका-३ स्थित लुम्रिङ गाउँमा फलेका सुन्तला बजार पठाउनका लागि टिप्दै । यातायातको सहज पहुँच तनहुँका यहाँका कृषकले उत्पादन गरेको सुन्तल सहज रुपमा बजारीकरण हुन सकेको छैन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ मंसिर २०८०, बिहीबार ११:४३जंगलमा पोखरी निर्माण
तनहुँको शुक्लागण्डकी नगरपालिका-३ भुजिकोट स्थित खोलाखोल्साको पानी संकलनका लागि निर्माण गरिएको पानी पोखरी । भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जलाधार संरक्षण तथा सीमसार व्यवस्थापन कार्यक्रम र राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत उक्त पोखरी निर्माण गरेको हो । तस्विर : रुपा गुरुङ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ मंसिर २०८०, बिहीबार ११:३२सीताराम विवाहपञ्चमी महोत्सव
जनकपुरधाममा मंगलबारदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाउने क्रममा जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप परिसरमा राम, लक्ष्मण तथा सीताको भेषमा सजिएका कलाकारहरु । तस्बिर : चन्दन ठाकुर/रासस
पुरा पढ्नुहोस -
२८ मंसिर २०८०, बिहीबार ११:०९(no title)
जनकपुरधाममा मंगलबारदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाउने क्रममा जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप परिसरमा राम, लक्ष्मण तथा सीताको भेषमा सजिएका कलाकारहरु । तस्बिर : चन्दन ठाकुर/रासस
पुरा पढ्नुहोस