फाेटाे फिचर
-
१० मंसिर २०८०, आईतवार १०:५२नेवार समुदायको साँस्कृतिक झाँकी
तनहुँको दमौलीमा आयोजित लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठकमा सहभागिहरुलाई नेवार समुदायका युवायुवतीहरु शनिबार साँस्कृतिक झाँकी प्रस्तुत गरी स्वागत गर्दै । व्यास ऋषिको जन्मभूमि र पराशर ऋषिको तपोभूमिमा आयोजित दोस्रो क्याबिनेट बैठकमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक एल नेपालमा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो…
पुरा पढ्नुहोस -
८ मंसिर २०८०, शुक्रबार १२:०३एकादशी मेलामा नाङ्लोको व्यापार
हरिबोधनी एकादशी पर्वका अवसरमा विहीबार तनहुँको दमौली स्थित देउराली नगरमा नाङ्लोको खरिद बिक्री गरिदै । तनहुँको आँवुखैरेनीका भुजेल समुदायले बासबाट तयार गरेको नाङ्लो एकादशी मेलामा प्रतिगोटा तीन सय रुपैयाँका दरले बिक्री वितरण भएको थियो । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ मंसिर २०८०, बिहीबार ११:२२हरिबोधनी एकादशी
हरिबोधनी एकादशी पर्वका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका-४ र ८ पुल्चोक हिलेटारस्थित शुक्ला हिलेटार शिवालय मन्दिरमा तोरण तार्नका लागि फूलको माला गाँस्दै स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ मंसिर २०८०, बिहीबार ११:२०भानुमा निःशुल्क आँखा परीक्षण
तनहुँको भानु नगरपालिकाले वडा नं. ९ मा सञ्चालन गरेको आँखा शिविरमा सेवाग्राहीको आँखा परीक्षण गर्दै स्वास्थ्यकर्मी । शिविरमा १३४ जनाको आँखा परीक्षण गर्दा ३० जनामा मोतियाविन्दु र २ जनाको मासु पलाएको भेटिएको थियो । आँखामा समस्या देखिएका विरामीहरुको मंसिर ९ र १० गते नारेश्वटारमा निःशुल्क…
पुरा पढ्नुहोस -
६ मंसिर २०८०, बुधबार ११:२७दुइ जिल्ला जोड्ने पुल
तनहुँको घिरिङ गाउँपालिकाको पुट्टार र पाल्पाको रामपुर नगरपालिकालाई जोड्ने गरी काली नदीमा निर्माणाधिन मोटरेवल पुल । पुल निर्माण सुरु गरेको ७ वर्ष बितेपनि हालसम्म करिब ४५ प्रतिशत मात्र काम भई अलपत्र अवस्थामा रहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ मंसिर २०८०, मंगलवार १२:१६पाक्यो कोदो
तनहुँको भानु नगरपालिका-१३ माथिल्लो सम्जुरको पाखो बारीमा पाक्दै गरेको कोदो । पछिल्लो समय कोदोको उपभोग र माग बढ्दै गएपनि खेतीको क्षेत्रफल घट्दै गएको । कोदो खेतीका लागि धेरै जनशक्ति आवश्यक पर्ने र ग्रामीण क्षेत्रमा युवापुस्ता नहुँदा कोदो खेती गर्ने क्रम घट्दै गएको छ । तस्विर…
पुरा पढ्नुहोस -
४ मंसिर २०८०, सोमबार ११:३२छठ पर्व
तनहुँको दमौली स्थित मादी नदी किनारमा छठ घाट निर्माण गरी छठीमाईको पूजाआरधना गरी अस्ताउँदो सूर्योलाई अर्घ दिने तयारी गर्दै श्रद्धालु भक्तजनहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ मंसिर २०८०, आईतवार १२:४५मनकामना मन्दिर
गोरखाको मनकामना मन्दिरमा पूजाअर्चना तथा दर्शनका लागि पुगेका भक्तजनहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ मंसिर २०८०, शुक्रबार ११:२९तनहुँको छाब्दी बराही मन्दिर
तनहुँको व्यास नगरपालिका-१४ मा रहेको छाब्दी बाराही मन्दिर । दमौली बजारबाट करिब ५ किलोमिटर पूर्वतर्फ रहेको यस मन्दिरलाई प्यागोडाशैलीमा पुनःनिर्माण सुरु गरिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस