फाेटाे फिचर
-
२४ कार्तिक २०८०, शुक्रबार ११:२२तिहारका लागि फूल टिप्दै कृषक
तनहुँको शुक्लागण्डकी नगरपालिका-३ स्थित पहरेटारका देउनारायण श्रेष्ठले उत्पादन गरेका सयपत्री फूल बिक्रीका लागि टिप्दै । फूलको माग बाहिरबाट आएपनि यहाँ उत्पादित फूल स्थानीय बजारमै खपत हुने कृषक श्रेष्ठले बताए । तस्विर : राजकुमार आले/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ कार्तिक २०८०, बिहीबार ११:२०छाब्दीको खाजा सेलरोटी
तनहुँको व्यास नगरपालिका-१२ छाब्दीमा सेल रोटी पाकाउँदै स्थानीय एक व्यापारी । छाब्दी बराही मन्दिरमा आउने भक्तजनलाई लक्षित गरी यहाँका व्यापारीहरुले सेलरोटी, रोटी, समोसा, तरकारी लगायतका परिकारहरु तयारी गरी बिक्री वितरण गर्ने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ कार्तिक २०८०, बिहीबार ११:१०वन खायो झुसिलकिराले !
तनहुँको भानु नगरपालिका-१३ स्थित लम्केको वनमा झुसिलकिराले पात खाएर सिख्रै देखिएका सालका रुख । यस क्षेत्रमा झुसिलकिराले सालको पात खाएपछि चैत, वैशाख महिनाको जस्तै वनजंगल उजाड देखिएका छन् भने स्थानीयले टपरीका लागि प्रयोग गर्ने सालको पात समेत सहजै पाउन सकेका छैनन् । तस्विर : नारायण…
पुरा पढ्नुहोस -
२२ कार्तिक २०८०, बुधबार ११:१८ज्येष्ठ नागरिक घर भेट कार्यक्रम
तनहुँको ऋषिङ गाउँपालिका-२ स्थित ग्वास्लुङ गाउँमा ग्वास्लुङ सामुदायिक स्वास्थ्य इकाईले सञ्चालन गरेको ज्येष्ठ नागरिक घर भेट कार्यक्रम अन्तर्गत घरमै ज्येष्ठ नागरिकको रक्तचाप परीक्षण गर्दै स्वास्थ्यकर्मी । उक्त कार्यक्रम अन्तर्गत ग्वास्लुङ गाउँमा रहेका ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त, गर्भवति महिला र दीर्घरोगि नागरिकहरुलाई टोलटोल घरघरमा गइ उच्च…
पुरा पढ्नुहोस -
२२ कार्तिक २०८०, बुधबार ११:०६राहत लिन आएका भूकम्प पीडित
भेरी नगरपालिका-३ थाप्लेमा राहत लिन आएका भूकम्प पीडित । तस्बिर : हेमन्त केसी/रासस
पुरा पढ्नुहोस -
२२ कार्तिक २०८०, बुधबार ११:०५थानीमाइमा ९१ फूलको डोली
तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाइमा मंगलबार फूलको डोलीसहित पुगेका भक्तजनहरु । कात्तिक महिनाको तेस्रो मंगलबार ९१ फूलको डोली सहित करिब ८ हजार भक्तजन मन्दिरमा पूजाअर्चना तथा दर्शन गरेको थानीमाइ मन्दिर संरक्षण समितिले जनाएको छ । तनहुँ, कास्की, लमजुङ, गोरखा लगायतका ठाउँबाट सर्वसाधारण मन्दिरमा पुगेका थिए…
पुरा पढ्नुहोस -
२० कार्तिक २०८०, सोमबार ११:२४गाउँको साग बजारमा
तनहुँको आँवुखैरेनी गाउँपालिकाको छिम्केश्वरीमा उत्पादन गरिएको साग गाउँपालिकाको शुक्रबारे हाटमा बिक्रीवितरण गरिदै । गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषि उपज बिक्री वितरणका लागि हाटबजार सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ कार्तिक २०८०, शुक्रबार ११:०७संरक्षणको पर्खाइमा बाघको खोर
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङकोटमा रहेको ढुङ्गाबाट निर्मित बाघको खोर । यस क्षेत्रमा बाघ र चितुवाले घरपालुवा जनावार खाइदिएपछि पासो थापेर मार्नका लागि स्थानीयले वर्षौ पहिले ढुङ्गाबाट निर्माण गरेको यो खोर संरक्षणको अभावमा भत्कदै जान थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ कार्तिक २०८०, शुक्रबार १०:५०मकैको झुत्ती
कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ अस्थामका स्थानीयले घरमा राखेको मकैको झुत्ती । तस्बिर : हरिप्रसाद बास्तोला/रासस
पुरा पढ्नुहोस