फाेटाे फिचर
-
१२ कार्तिक २०८०, आईतवार ११:४८सकियो दसैं
दसै पर्व मनाएर शनिबार मिर्लुङ क्षेत्रबाट दमौली फर्किएकाहरु दमौली स्थित भोर्लेटारचोकमा बसबाट उत्रदै । नेपालीहरुको महान पर्व बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमासंगै यस वर्षको दसैं सकिएको छ । दसैं पर्व मनाउन गाउँ तथा आफ्ना मान्यजनका पुगेकाहरु पुनः शहर बजार तथा आ-आफ्ना गन्तव्यमा फर्कन थालेका छन्…
पुरा पढ्नुहोस -
११ कार्तिक २०८०, शनिबार १७:३८टुडिखेलमा रमाउँदै पर्यटक
पर्यटकीय नगरी तनहुँको बन्दीपुर स्थित टुडिखेलमा हिमालको दृष्य मोबाइल तथा क्यामेरामा कैद गर्दै पर्यटकहरु । पर्यटकीय सिजन सुरु भएसंगै बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन बढ्को छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ कार्तिक २०८०, शनिबार १७:३३युवाहरुको बाख्रापालन व्यवसाय
तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पाफाँटका विष्णु अम्गाई लगायतका युवाहरुद्वारा संचालन गरिएको कुमालटारी बाख्रा फार्ममा पालिका बाख्रा । केही महिना अगाडि आगलागि भई पूर्ण रुपमा क्षति पुगेको बाख्रा फार्म अहिले मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ । फार्ममा अहिले ठूलासाना गरी १८७ वटा बाख्रा पालन गरिएको छ…
पुरा पढ्नुहोस -
८ कार्तिक २०८०, बुधबार १९:५७सखिया नृत्य देखाउँदै थारु महिला
शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु महिला दसैंका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै । यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
पुरा पढ्नुहोस -
८ कार्तिक २०८०, बुधबार १९:५४चर्खे पिङ
गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय । तस्बिर : सन्तोष महतारा/रासस
पुरा पढ्नुहोस -
८ कार्तिक २०८०, बुधबार १९:५०दुर्गाको मुर्ति विर्सजन
सर्लाहीको सदरमुकाम मलङ्गवामा दसैँमा दुर्गा पूजाको लागि बनाएको मुर्ति बुधबार विर्सजनका लागि लगिँदै । तस्बिर : विश्वनाथ ठाकुर/रासस
पुरा पढ्नुहोस -
४ कार्तिक २०८०, शनिबार २०:४१बन्दीपुरमा खड्गजात्रा
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बडादसैंको सातौ दिन फूलपातीको अवसरमा शनिबार खड्गदेवी मन्दिरमा खड्गजात्रा मनाउन आएका र्सवसाधारणहरु । ऐतिहासिक महत्व र धार्मिक आस्थाले भरिपूर्ण यस मन्दिरमा नवरात्रमा विशेष पूजाअर्चना गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ कार्तिक २०८०, शनिबार १०:०३खसी बेचेर दसैं खर्च
आफुले पालेका खसी बेचेर दसै खर्च जुटाउन दमौली स्थित प्रशासनचोकमा खसी बेच्न बसेका तनहुँको व्यास नगरपालिका-५ पाटनका महिलाहरु । दमौलीमा यस वर्ष जिउँदो खसीबोका प्रति केजी ५५० देखि ६०० रुपैयाँमा खरिदबिक्री भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ कार्तिक २०८०, शनिबार ०९:५६सडक कालोपत्रको तयारी
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर-१ नाहाला खण्डमा सडक कालोपत्र गर्ने तयारी गरिदै । आँवुखैरेनी-जामुने (पूर्वी) खण्डमा निर्माण पक्षले सडक विस्तार तथा स्तरोन्नती कार्यलाई तीब्रता दिंदै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस