फाेटाे फिचर
-
२४ असार २०८०, आईतवार ०८:२२ट्राफिक जाँच
तनहुँको खैरेनीटार-भिमाद सडक खण्डमा गुड्ने सवारीसाधनको कागजपत्र जाँच गर्दै ट्राफिक प्रहरी । सवारी नियमको उलङ्घन बढेपछि ट्राफिक प्रहरी तनहुँले शाखा सडक मार्गहरुमा गुड्ने सवारीमा जाँच तीव्र पारेको छ । तस्बिर : पूर्ण विके/रासस
पुरा पढ्नुहोस -
२३ असार २०८०, शनिबार १८:२६ढुङ्गामा आकर्षक आकृति
तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित ढुङ्गामा कुँदिएको आमा र बच्चाको आकृति । यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन गाउँपालिकाले ढुङ्गामा आकृति खोप्ने काम गराइरहेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ असार २०८०, शुक्रबार ११:२३क्षेत्रफलका आधारमा चैते धान खेतीलाई अनुदान
चैतेधान पाकेपछि थन्काउन काट्दै कृषकहरु । कृषि ज्ञान केन्द्र तनहुँले चैतेधान खेतीको उत्पादन वृद्धि गर्न क्षेत्रफलमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि केन्द्रले व्यास नगरपालिका-५ पहेटाडी र म्याग्दे गाउ“पालिका-१ साँगेफाँटमा कृषकले गरेको चैते धान खेती जिपिआई प्रविधिबाट नापजाँच गरी क्षेत्रफल…
पुरा पढ्नुहोस -
२२ असार २०८०, शुक्रबार ११:१७गोलभेडा खेती
म्याग्दीको मङ्गला गाउँपालिका-३ बुकेनीका दलबीर पुनले गर्नुभएको व्यवसायिक गोलभेडा खेती । स्वेच्छिक अवकाश रोजेका पूर्व जनमुक्ती सेना ३७ वर्षीय पुनले २ वर्षदेखि बुकेनीमा व्यवसायिकरुपमा तरकारी खेती गर्दै आउनुभएको छ । तस्बिर : सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
२२ असार २०८०, शुक्रबार ११:१५व्यवसायिक काँक्रौ खेती
व्यास नगरपालिका-५ स्थित कुमालगाउँका कृषकहरुले एक रोपनी क्षेत्रफलमा व्यवसायिक काँक्रो खेती गरेका छन् । उनीहरुले उक्त खेतीबाट एक टन काँक्रो उत्पादन गरी एक लाख रुपैयाँ भन्दा बढी आमदानी गरेका छन् । तस्विरः भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ असार २०८०, बिहीबार ११:२९रोपाइको चटारो
तनहुँको व्यास नगरपालिकाको साँघे फाँटमा धानको विऊ रोप्दै कृषकहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ असार २०८०, बिहीबार ११:२१तनहुँ जलविद्युतको भूमिगत विद्युतगृह
तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणाधिन भूमिगत विद्युतगृह । आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ असार २०८०, बिहीबार ११:१९कृषकलाई प्रविधि
तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होम थापा कृषकलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानीका मेशिन हस्तान्तरण गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० असार २०८०, बुधबार ११:३०खडेरीले खायो मकै खेती
तनहुँको व्यास नगरपालिका-७ साँघे फाँटका कृषक खेतमा रोपेको मकै पाकेपछि थन्काउनका लागि भाँच्दै । लामो खडेरीका कारण खेतमा रोपेको मकै खेतीमा राम्रो घोगा नलागेको कृषकको गुनासो छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस