फाेटाे फिचर
-
८ असार २०८०, शुक्रबार ११:०६मकै बालिमा औषधी
मकै बालिमा फौजि किरा लागेपछि तनहुँको व्यास नगरपालिका-१ भादगाउँका एक कृषक औषधी हाल्दै । लामो खडेरी र फौजी किराका कारण यस वर्षमकैबालिमा ठूलो क्षति पुगेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ असार २०८०, बिहीबार १२:०४कृषिमा प्रविधिको प्रयोग
तनहुँको भानु नगरपालिका-५ का एक कृषक हाते ट्याक्टरबाट खेत जोत्दै । पछिल्लो समय कृषकहरुले कृषि पेशामा प्रविधिको प्रयोग बढाउँदै लगेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ असार २०८०, बिहीबार ११:५५धान रोपाई
राप्ती-६ का किसान धान रोपाइँ गर्दै । यो गाउँमा बाह्रै महिना कृषि उत्पादन हुनेगर्छ । तस्बिर : रासस
पुरा पढ्नुहोस -
७ असार २०८०, बिहीबार ११:५४मौलिक पहिरनमा कलाकार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडानका अवसरमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मौलिक पहिरनमा कलाकारहरु । तस्बिर : कृष्ण दवाडी/रासस
पुरा पढ्नुहोस -
६ असार २०८०, बुधबार १०:४६असार लाग्यो कृषकलाई रोपाइको चटारो
कास्कीको पोखरा महानगरपालिका-१४ मझेरीपाटन कैलाशटोलकी एक महिला असारे धान रोपाईका लागि ब्याडमा विऊ काढ्दै । प्रयाप्तमात्रमा मनसुनी वर्षा नभएपनि कास्कीको सिंचाई सुविधा भएका खेतमा कृषकहरु रोपाइ गर्न व्यस्थ भएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ असार २०८०, मंगलवार ११:४३ज्येष्ठ नागरिक स्वास्थ्य शिविर
तनहुँको म्याग्दे गाउँपालिकाको वडा नं. ७ मा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य शिविरमा उपचार सेवा लिदै स्थानीय वृद्धाहरु । विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा रक्त परीक्षण, मुटुको इ.सि.जि. सेवा, निःशुल्क औषधी वितरण तथा विभिन्न समस्याको स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो । ६० वर्ष भन्दा माथीका ९५…
पुरा पढ्नुहोस -
५ असार २०८०, मंगलवार ११:२६विश्व विराट शिला शालिग्राम संकटमा
संरक्षणको अभावमा संकटमा परेको स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीबेनीमा अवस्थित विश्व विराट शिला शालिग्राम । तस्बिर : नारायण विक/रासस
पुरा पढ्नुहोस -
४ असार २०८०, सोमबार ११:०३पाहुनाको स्वागत
तनहुँको भानु नगरपालिका-१३ ठूलोढुङ्गा स्थित टुटेपानी सामुदायिक होमस्टेमा आएका पाहुनालाई स्वागत गर्ने तयारीमा होमस्टे सञ्चालकहरु । होमस्टेमा आउने पाहुनालाई स्थानीयले बासुरी र मादलको धुनसंगै गुरुङ समुदायको परम्परा अनुसार स्वागत गर्ने गर्दछन् । गण्डकी प्रदेशकै नमुना सामुदायिक होमस्टेका रुपमा व्यवस्थापन गरिएपनि यहाँ पुग्ने सडकको स्तरोन्नती नहुँदा…
पुरा पढ्नुहोस -
३ असार २०८०, आईतवार ११:३३गौसंरक्षण केन्द्रमा घाँस रोपण
तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौसंरक्षण केन्द्र क्षेत्रमा घाँस रोपणमा सहभागि भएका स्थानीय । सुशासन तथा सम्बृद्व शुक्लागण्डकीका लागि युवा अभियानले प्रत्येक शनिबार यहाँ सरसफाई तथा घाँस रोपण कार्य अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस