फाेटाे फिचर
-
१० बैशाख २०८०, आईतवार १०:०१तनहुँ-१ मा उपनिर्वाचन : मतदाताको उत्साहजनक सहभागिता (फोटोफिचर सहित)
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । १५२ मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ । गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका…
पुरा पढ्नुहोस -
९ बैशाख २०८०, शनिबार १२:०७राहदानीको फारम बुझाउन आएका युवायुवती
जिल्ला प्रशासन कार्यालय तनहुँमा शुक्रबार राहदानीका लागि फाराम बुझाउन लामबद्ध युवायुवतीहरु । तनहुँ क्षेत्र नं. १ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई दृष्टिगत गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेपनि सर्वसाधारण आएपछि सेवा प्रदान गरिएको प्रशासनले जनाएको छ । तस्बिर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ बैशाख २०८०, बिहीबार ११:४६भिटामिन ‘ए’ खुवाइँदै
तनहुँको भानु नगरपालिका-२ मा बुधबार बालबालिकालाई भिटामिन ‘ए’ को औषधि खुवाउँदै महिला स्वास्थ्य स्वयंसेविका। बुधबार र बिहीबार ६ महिनादेखि ५९ महिनाका बालबालिकाकाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदैछ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ बैशाख २०८०, बिहीबार ११:३९घरदैलोमा उम्मेदवार
तनहुँ-१ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल बुधबार व्यास-१४ का मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत माग्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ बैशाख २०८०, बुधबार ११:२७नेकपा एमाले घरदैलो
वैशाख १० गते तनहुँ-१ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि मंगलबार सदरमुकाम दमौली बजार क्षेत्रमा मतदाताको घरदैलोमा पुगेर मत माग्दै नेकपा एमालेका तर्फबाट उम्मेदवार सर्वेन्द्र खनालसहित नेता तथा कार्यकर्ता। तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ बैशाख २०८०, मंगलवार ११:३२निर्वाचनमा युवा उत्साह
तनहुँ-१ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपचुनावलाई लक्षित गर्दै नेकपा एमाले तनहुँले देवघाट गाउँपालिका-५ मा सोमबार आयोजना गरेको पालिकास्तरीय चुनावी सभामा उत्साहपूर्वक सहभागि भएका स्थानीय युवतीहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ बैशाख २०८०, मंगलवार ११:१२तनहुँको लामो र अग्लो स्थानको झोलुङ्गे पुल
तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित समस्तिपुर र यान्चोक जोड्ने जिल्लाकै लामो अनि अग्लो स्थानमा निर्माण गरिएको खुदी खोला झोलुङ्गे पुल । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, अर्थमन्त्री किरण गुरूङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत नेतृत्वको गण्डकी प्रदेश सरकारले निर्माण गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ बैशाख २०८०, सोमबार ११:२०कस्तो छ किताब
नयाँ शैक्षिक सत्र सुरु भएसंगै दमौलीको एक पुस्तकपसलमा आफ्ना बालबालिकालाई नयाँ किताब किनेपछि किताबको अवस्था हेर्दै अभिभावक । आइतबारबाट नयाँ भर्न अभियान सुरु भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ बैशाख २०८०, आईतवार ११:११मलाई भोट दिनुस
वैशाख १० गते तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णीम वाग्ले भानु नगरपालिकामा गोठालोसंग भोट माग्दै । रास्वपाले आफ्नो पक्षमा मत माग्दै चुनावी अभियानलाई तीब्र पारेका छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस