फाेटाे फिचर
-
२८ पुष २०७९, बिहीबार १२:१८महोत्सवको व्यापारिक स्टल
नेपाल आदिवासीजनजाती महासंघ तनहुँले दमौलीमा सञ्चालन गरेको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको छैठौ दिन महोत्सवको व्यापारिक स्टलमा दर्शकको भिडभाड । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ पुष २०७९, बुधबार ११:२८वार्षिकोत्सवमा साँस्कृतिक कार्यक्रम
तनहुँको भानु नगरपालिका-५ बारीफाँट स्थित नारायणी आधारभूत विद्यालयको ५७औं वार्षिकोत्सब तथा अभिभावक दिवसका अवसरमा साँस्कृतिका कार्यक्रम प्रस्तुत गरिदै । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिंखडाको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ, भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, वडा नं ५ का…
पुरा पढ्नुहोस -
२६ पुष २०७९, मंगलवार ११:५४घरघरमै सेवा
तनहुँको व्यास नगरपालिकाले वडा नं. १३ को पोखरिभञ्ज्यामाङ सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा सेवा लिन आएका स्थानीय वृद्धाहरु । नगरपालिकाले कार्यालयमा आएर लिनुपर्ने सेवा नागरिकलाई सहज रुपमा आ-आफ्नै वडाबाट उपलब्ध गराउने उद्देश्यका साथ ग्रामीण क्षेत्रका वडाहरुमा एकीकृत घुम्ती सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ पुष २०७९, मंगलवार ११:४९तनहुँसुरका सुन्तला दमौलीमा
तनहुँको दमौलीमा जारी पाँचौ आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा बिक्रीका लागि राखिएको तनहुँसुरमा उत्पादित सुन्तला । तनहुँसुर कृषि फर्ममा उत्पादित सुन्तला महोत्सव स्थलमा प्रतिकिलो १३० रुपैयाँमा बिक्री वितरण गरिएको छ । तस्विर: भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ पुष २०७९, मंगलवार ११:४७रायोको साग
तनहुँको दमौली बजारमा रायोको साग बिक्री वितरण गर्दै व्यापारी महिलाहरु । बन्दिपुरको याम्पामा उत्पादित साग तथा अन्य तरकारी खरिद गरी व्यापारीहरुले दमौली बजारमा बिक्री गर्दै आएका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ पुष २०७९, सोमबार ११:४५बुल्दी खोलामा पुल निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली स्थित बुल्दी खोलामा मक्कि मोटरेवल पुल निर्माण गरिदै । राजमार्ग विस्तार आयोजना अन्तर्गत अहिले निर्माण पक्षले सडक चौडा गर्ने, पुल, कल्भर्ट निर्माण तथा टेवा पर्खाल निर्माण कार्यलाई तीब्रता दिएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ पुष २०७९, सोमबार ११:३६जलविद्युत् आयोजनाको बाँधस्थल
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थल। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजनाको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ पुष २०७९, सोमबार ११:३४भुमिहीनलाई निस्सा वितरण
तनहुँको व्यास नगरपालिका-७ का भुमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ पुष २०७९, आईतवार ११:३४स्वास्थ्य परीक्षण
तनहुँको व्यास नगरपालिकाले वडा नं. ११ मा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस