फाेटाे फिचर
-
२३ कार्तिक २०७९, बुधबार ११:३२हामीलाई भोट दिनुस्
नेकपा एमालेका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एक बहादुर राना र तनहुँ-१ प्रदेशसभा १ का उम्मेदवार रामबहादुर गुरुङ भानु-४ का मतदाताको खेतबारीमै पुगेर भोट माग्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ कार्तिक २०७९, मंगलवार १२:४०नमुना मतदान
निर्वाचन कार्यलय तनहुँले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लक्षित गरी म्याग्दे गाउँपालिकामा आयोजना गरिएको नमुना मतदान कार्यक्रममा सहभागि हुँदै एक महिला । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ कार्तिक २०७९, सोमबार १२:०७पञ्चामृत खाएर प्रचार प्रसार
तनहुँको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किरण गुरुङ र तनहुँ २ (१) का उम्मेदवार श्यामराज महत मतदाताले दिएको पञ्चामृत खाएर चुनाव प्रचार प्रसारमा निस्कदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ कार्तिक २०७९, सोमबार ११:४८अक्टुपस झरना
मनाङ र लमजुङको सिमानामा अवस्थित अक्टुपस झरना पुगेका क्रसफायर राइडर । तस्बिर : रासस
पुरा पढ्नुहोस -
२० कार्तिक २०७९, आईतवार ११:४०आँधीमुलमा सरसफाई
तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिक स्थल आँधीमुल मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ । हरिबोधनी एकादशी पर्वका दिन आएका भक्तजन तथा मेलाका कारण भएको फोहोर मैला गाउँपालिका, स्थानीय तथा नेपाली सेनाको रुरु भैरव दल गण भानु भन्सारका गणपति प्रमुख सेनानी हिमाचल जंग शाहको नेतृत्वको टोलीले…
पुरा पढ्नुहोस -
१९ कार्तिक २०७९, शनिबार १३:३०आँधीमूलमा एकादशी मेला र फूलको तोरण
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिक स्थल आँधीमूल बाराही मन्दिरमा शुक्रबार हरिबोधनी एकादशी मेला भर्न आउने भक्तजनहरुको भीड । आफ्नो मनोकांक्षा पुरा भएको विश्वासका साथ यस मन्दिरमा भक्तजनहरु पूजाअर्चनका साथै फूलको डोली लिएर जाने गर्दछन् । एकादशी मेलाको अवसरमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गर्दछ…
पुरा पढ्नुहोस -
१९ कार्तिक २०७९, शनिबार १२:५४तनहुँ-१ मा नेकपा एमालेका उम्मेदवार कृषकको काम गर्दै भोट माग्दै (फोटोफिचर)
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै तनहुँमा चुनावी सरगर्मी बढ्दै गएको छ । नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एक बहादुर राना र प्रदेशसभा २ का उम्मेदवरा पूर्ण बहादुर गुरुङ मतदाताको घरदैलोमा पुगि मत माग्न थालेका छन्…
पुरा पढ्नुहोस -
१८ कार्तिक २०७९, शुक्रबार १६:३३एकादशी मेला (फोटोफिचर)
हरिबोधनी एकादशीको अवसरमा दमौलीको विसघरेस्थित मादीनदी किनारमा देखिएका केही दृश्यहरु । बिहिबार राति नै घरमा पुजा लगाएर शुक्रबार फुलको डोली लिई यहा फुल तार्ने गर्छन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ कार्तिक २०७९, शुक्रबार ११:२१छलफलमा सहभागी
मुग्लिन-पोखरा सडक आयोजना (पूर्वी खण्ड) ले बिहीबार तनहुँको बन्दीपुर-५ याम्पामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी सरोकारवाला । छलफलमा सामाजिक लैङ्गकि तथा जैविक विविधता संरक्षण सम्बन्धमा अन्तरक्रिया हुनेछ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस