तनहुँ-१ मा नेकपा एमालेका उम्मेदवार कृषकको काम गर्दै भोट माग्दै (फोटोफिचर)
भञ्ज्याङ न्यूज

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै तनहुँमा चुनावी सरगर्मी बढ्दै गएको छ ।

नेकपा एमालेबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एक बहादुर राना र प्रदेशसभा २ का उम्मेदवरा पूर्ण बहादुर गुरुङ मतदाताको घरदैलोमा पुगि मत माग्न थालेका छन् ।

नेकपा एमालेका उमेदवारहरु राना र गुरुङ कृषकको खेतबारी तथा घरघरमा पुगेर कृषकको काम सघाउँदै भोट माग्न थालेका छन् ।

उम्मेदवार गुरुङ अहिले आफ्नो निर्वाचन क्षेत्रका कृषकको खेतबारीमै पुगेर कृषकसंगै काम गर्दै आफ्नो पक्षमा भोट माग्न व्यस्थ भएका छन् ।


तस्विर : भञ्ज्याङ










