फाेटाे फिचर
-
१४ आश्विन २०७९, शुक्रबार ११:२०सामाजिक सुरक्षा भत्ता बुझ्ने पर्खाइ
तनहुँको म्याग्दे गाउँपालिका-१ का लाभग्राहीहरु दमौलीको सफासडक स्थित एक बैकको पेटीमा सामाजिक सुरक्षाभत्ता बुझ्ने पालोको पर्खाइमा । दशैंका पर्वका अवसरमा यहाँका बैक तथा वित्तीय संस्थामा सामाजिक सुरक्षा बुझ्ने सेवाग्राहीको चाप बढेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ आश्विन २०७९, शुक्रबार ११:०८दशैका लागि नयाँ कपडा
तनहुँको दमौली स्थित सफासडकको एक पसलमा नयाँ कपडा खरिदबिक्री गरिदै । नेपालीहरुको ठूलो पर्व विजयदशमीको अवसरमा मिठो खाने, राम्रो लाउने प्रचलन छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ आश्विन २०७९, बिहीबार ११:२१घुम्ती शिविरमा सेवाग्राही
तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा सेवा लिन आएका सेवाग्राही । गाउँपालिकाले वडाका टोलटोलमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी सर्वसाधारणलाई सहज रुपमा सेवा प्रवाह गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ आश्विन २०७९, बुधबार ११:२३चाडपर्व लक्षित बजार अनुगमन
तनहुँको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी सहितको टोली गाउँपालिकाको बजार क्षेत्रको अनुगमन गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ आश्विन २०७९, बुधबार ११:१३दशैका लागि सामाजिक सुरक्षा भत्ता
बन्दिपुर गाउँपालिका-१ का लाभग्राही डुम्रे स्थित मुक्तिनाथ विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिन पालो कुर्दै सर्वसाधारण । वडाले ४४६ जनालाई चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षा भात्ता बापत ४२ लाख ४४ हजार ८८० रुपैयाँ निकाशा गरेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ आश्विन २०७९, मंगलवार ११:५७चार्डपर्व लक्षित बजार अनुगमन
तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबार सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका वन्दना पन्त तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सहितको टोली बजार अनुगमन गर्दै । नगरपालिकाले वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९ र १० का…
पुरा पढ्नुहोस -
११ आश्विन २०७९, मंगलवार ११:५१म्याग्दे गाउँपालिकाको झण्डा पुजा
म्याग्दे गाउँपालिकाले विजय दशमी अन्तरगत नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा पालिकाको प्राङ्गणमा झण्डा पुजा गर्दै अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरे । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० आश्विन २०७९, सोमबार ०९:१३नृत्य प्रस्तुत गर्दै छात्रा
तनहुँको घिरिङ गाउँपालिका-५ धेनुङ स्थित श्री कामधेनु माध्यमिक विद्यालयकी एक छात्रा नृत्य प्रस्तुत गर्दै । विद्यालयले आयोजना गरेको सामाजिक लेखा परीक्षण, पुरस्कार वितरण तथा विजया दशमीको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ आश्विन २०७९, आईतवार ११:४६दशै पर्वका लागि तोरी पेल्नेको भिड
तनहुँको बन्दिपुर गाउँपालिका-१ रिमाल्निमा रहेको आधुनिक तोरी मिलमा दशैं पर्वका लागि आवश्यक पर्ने तेलका लागि तोरी पेल्न आएका स्थानीयहरु । स्थानीय मेनका भट्टराइले सञ्चालनमा ल्याएको उक्त मिलमा अहिले तनहुँको बन्दिपुर, भानु, आँवुखैरेनी लगायतका पालिकाको ग्रामीण क्षेत्रबाट मानिसहरु तोरी पेल्न आउने गरेका छन् । यस्तै, मिलबाटै…
पुरा पढ्नुहोस