फाेटाे फिचर
-
१६ बैशाख २०७९, शुक्रबार १२:३८बन्दिपुरको चिनो
तनहुँको पर्यटकी नगरी बन्दिपुर घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बन्दिपुरको चिनारी झल्कने वस्तु विक्रीका लागि तयारी गर्दै स्थानीय एक व्यवसायी महिला । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ बैशाख २०७९, शुक्रबार १२:०२माओवादी केन्द्रको चुनाव प्रचार अभियान
स्थानीय निर्वाचनको प्रचार प्रसारका लागि विहीबार तनहुँको बन्दिपुरमा योङ कम्युनिष्ट लिग नेपाल बन्दिपुर गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय भेलाका सहभागिहरु । नेकपा माओवादी केन्द्रबाट बन्दिपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः पूर्णसिं थापा र करुणा गुरुङले उम्मेदवारी मनोनयन दर्ता गरेसंगै चुनाव लक्षित कार्यक्रम तथा घरदैलो अभियानलाई…
पुरा पढ्नुहोस -
१५ बैशाख २०७९, बिहीबार ११:३८सडक विस्तारका लागि काम गर्दै
तनहुँको घिरिङ गाउँपालिका-३ स्थित मानपुरमा सडक विस्तारका लागि काम गर्दै मजदूर । घिरिङदेखि नवलपुरको डेढगाउँसम्म सडक विस्तारका लागि यो खण्डमा काम भइरहेको छ । तस्विर : रासस
पुरा पढ्नुहोस -
१३ बैशाख २०७९, मंगलवार ११:५२नेतालाई चुनाव आयो, हामीलाई के ?
तनहुँको दमौली स्थित प्रशासनचोकमा हरिया मकै पोलेर बेच्न बसेका महिलाहरु । सोमबार विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु नाराबाजीसहित स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन हिडेको बाटोकै छेऊामा मकै बच्न बसेका महिलाहरु भन्छन्, ‘नेतालाई चुनाव आयो, हामीलाई सधै यस्तैत हो नि !’ तस्विर : नारायण…
पुरा पढ्नुहोस -
१२ बैशाख २०७९, सोमबार ११:३७कोरोना विरुद्धको बुस्टर खोप
तनहुँको भिमाद नगरपालिका-५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आइतबार कोरोना विरुद्धको बुस्टर डोज (तेश्रो मात्रको खोप) लगाउन लाम्बद्ध स्थानीय । छिमेकी मुलुक भारत र चिनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा कोरोना विरुद्धको बुस्टर डोज लगाउनेको संख्या बढ्दै गएको छ । तस्विर :…
पुरा पढ्नुहोस -
११ बैशाख २०७९, आईतवार ११:३७भगवतीपानी मन्दिर
तनहुँको व्यास नगरपालिका-११ को ऐतिहासिक स्थत तनहुँसुरमा रहेको भगवतीपानी मन्दिर । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ बैशाख २०७९, आईतवार ११:३६छाब्दीमा भक्तजनको भिड
तनहुँको पवित्र धार्मिक स्थल छाब्दी बाराही मन्दिरमा शनिबार पूजाअर्चना तथा दर्शनका लागि पुगेका भक्तजनहरुको भीड। पछिल्लो समय जिल्लाका धार्मिकस्थलहरुमा भक्तजनहरुको उल्लेख्य सहभागिता हुन थालेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ बैशाख २०७९, बिहीबार ११:१९सम्पदाको संरक्षण
तनहुँको व्यास नगरपालिका-११ को ऐतिहासिक स्थल तनहुँसुरमा रहेको बाई सिंढी चौतारी । ऐतिहासिक महत्व बोकेको यो चौतारी संरक्षण गरी पर्यटकीय आकर्षणको रुपमा स्थानीय प्रवर्द्धन गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ बैशाख २०७९, बिहीबार ११:०८ललीपप बनाउर्दै महिला
इलाम नगरपालिका-८, तिल्केनीमा दीपा गुरुङले सञ्चालन गर्नुभएको ग्रीनसिटी ललीपप उद्योगमा ललीपप बनाउर्दै महिला। आठ वर्ष पहिले उहाँले स्थापना गरेको ग्रिनसिटी ललीपप उद्योगमा अहिले ४६ जना महिला रोजगारी छन् । तस्बिर : रासस
पुरा पढ्नुहोस