प्रहरीको सक्रियतामा सडक मर्मत

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा स्थित गाछेपानी खण्डमा सडकमा रहेका खाल्डाखुल्टी पुर्दै ट्रफिक प्रहरी ।

सडकको खाल्डाखुल्डीले सवारी आवगमनमा बाधा पर्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या आएपछि इलाका प्रहरी कार्याल वेलचौतारा र अस्थायी ट्राफिक प्रहरी पोष्ट वेलचौतराको पहलमा जेसिबीको प्रयोग गरी करिब तीन किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी पुरिएको छ ।

तस्विर : भञ्ज्याङ










